बागचौरबाट आँखा तथा कान उपचारको सेवा सुरु

बसन्त कुमार शर्मा
बागचौर (सल्यान), १५ चैत्र ।
बागचौर नगरपालिका २ खरिबोटमा “प्राथमिक आँखा तथा कान उपचार केन्द्र“ को उद्घाटन भएको छ । यस क्षेत्रका नागरिकले नगरपालिकाबाट स्वास्थ्य क्षेत्रमा एक कदम अगाडि बढेको महसुस गरेका छन् ।

यस केन्द्रलाई नगर प्रमुख लोकमान बुढाथोकीले आफुले पाउने तलबबाट १ लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो । यो भन्दा पहिले नगरको स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले महत्वपूर्ण कामहरू गर्न सफल रहेकोछ ।

देशैभरी कोरोनाको महामारीको बेला अक्सिजन नपाएर मान्छे मर्ने अवस्थामा व्यक्तिगत रूपमा अक्सिजन सिलिन्डर ल्याएर आइसोलेसन सञ्चालन गर्न सफल भएको बताउँदै प्रमुख बुढाथोकीले भन्नुभयो मैले व्यक्तिगत रुपमा र बागचौर नगरपालिकाले अक्सिजन सिलिन्डर ल्याएर आइसोलेसन केन्द्र सञ्चालन गरेपछि धेरै व्यक्तिहरूबाट अक्सिजनसहित आइसोलेसन केन्द्रलाई आवश्यक पर्ने विभिन्न सामाग्री हस्तान्तरण भएको थियो ।

बागचौर नगरपालिकाले कोरोना भाइरस नियन्त्रणमा गरेको कामलाई हेर्दै राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क रूपमा बागचौर नगरपालिकामा मिनी अक्सिजन प्लान्ट पनि जडान गरिदिएको थियो । नगरपालिकाले निःशुल्क रूपमा कोरोना भाइरसको परीक्षण, उपचार, बस्ने र खाने व्यवस्था मिलाएको थियो ।

कोरोना लागेकोलाई उपचार गर्न घरमै गएर ल्याउन गाडीहरूको पनि व्यवस्था गरेको थियो । तुरुन्तै आइसोलेसन केन्द्र स्थापना गरेर धेरै नगरबासीको ज्यान बचाउन सफल भएका थियौं । आइसोलेसन केन्द्र देखि अहिलेको आँखा तथा कानको उपचार केन्द्रमा हामीले विभिन्न ठाउँमा पहल गरेर नगरपालिकाको खर्च कम भन्दा कम गरेर जनतालाई धेरै सेवा, सुविधा दिन सकेका छौँ ।

हाम्रो उद्देश्य भनेको नगरपालिकालेसँग रहेको सीमित बजेटमा सक्ने जति ठाउँमा सहकार्य गरेर अधिकतम सुविधा जनतालाई दिने हो । अहिले पनि बागचौर नगरपालिकाले “प्राथमिक आँखा तथा कान उपचार केन्द्र“ नेपाल नेत्र ज्योति संघको सहकार्यमा सञ्चालन गर्दैछौं ।’’

नेपाल नेत्र ज्योति संघले उपचार केन्द्रलाई आवश्यक स्वास्थ्य सामाग्री लगायत स्वास्थ्यकर्मी पठाएर सहयोग गरिदिनु हुने सम्पुर्ण सहकर्मी मित्रहरूलाई धेरै धेरै धन्यवाद दिइएको छ ।

अब बागचौर नगरबासीहरुले सहज र सरल तरिकाले सेवा सुबिधा लिन सक्नु हुनेछ यो काम अत्यन्तै गर्व गर्न लायक कामको थालनी गरेका छौं अझै अन्य सेवा बिस्तार गर्दै लैजाने कुरा उहाँले बताउनुभयो ।

प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन पश्चात् नै उपस्थित आमा, बुबा तथा दिदिबहिनीहरुले आफ्नो घर छेउ नजिकै यस्तो सुविधा उपलब्ध भएको खुसी व्यक्त गर्दै सेवामा पनि लिनुभएको छ ।

सुरु भएको सेवा निरन्तर दिईने र अब आँखा र कान सम्बन्धि समस्या भएकाहरुका लागि खरिबोटबाटै उपचार हुने साथै जटिल केशलाई मात्रै बाहिर रिफर गरिने बताउनुभयो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिकाका सम्पूर्ण शाखा प्रमुख, विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता २ नं. का का.वा. वडाध्यक्ष टोप बहादुर डाँगीले गर्नुभएको थियोे भने सहजिकरण शिक्षा शाखामा कार्यरत कर्मचारी बिरेन्द्र प्रकाश डि.सी.ले गर्नुभएको थियो ।

बागचौरबाट आँखा तथा कान उपचारको सेवा सुरु

तुर्माखाँदमा विद्युतको केन्द्रीय प्रशारणलाईन पुग्यो

बागचौरबाट आँखा तथा कान उपचारको सेवा सुरु

त्रिभुवन माविमा अनेरास्ववियुको कमिटी

Leave a comment

Your email address will not be published. Required fields are marked *