तुर्माखाँदमा विद्युतको केन्द्रीय प्रशारणलाईन पुग्यो

प्रेम सुनार
पञ्चपुरी, १५ चैत्र ।
अछाम तुर्माखाँद गाउँपालिकाको सदरमुकाममा पहिलो पटक विद्युत पुगेको छ । विद्युत प्राधिकरण वितरण केन्द्र अछामले राष्ट्रिय प्रशारणलाईन गाउँपालिका सदरमुकामसम्म पुरयाएको हो ।

एक कार्यक्रमवीच राष्ट्रिय विद्युत प्रशारणलाईनको समुद्घाटन गरिएको छ । गाउँपालिकाले अव सबै वडाहरुमा विद्युत सेवा विस्तार गर्दै जाने लक्ष्य राखेको जनाइएको छ ।

तुर्माखाँद गाउँपालिका अछाममा पहिलो पटक विद्युत प्रसारणको केन्द्रिय प्रसारण लाइन बिस्तारको अछाम जिल्ला समन्वय प्रमुख नर बहादुर कुवरले उद्घाटन गर्नुभएको थियो ।

उक्र कार्यक्रममा समन्वय उपप्रमुख टोप बहादुर रावल, गाउँपालिका उपाध्यक्ष अमृता बुढा, जिल्ला अधिकारी बिश्वराज मरासिनी, जिल्ला प्रहरी कार्यलय प्रमुख रबि राज थपलिया, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, राष्ट्रिय अनुसन्धान प्रमुख गणेश चन्द, विद्युत कार्यालय प्रतिनिधि चित्र बजगाईकाे उपस्थिति रहेकाे थियाे ।

क्रियाशिल राजनितिक पार्टीका प्रतिनिधिहरु, पूर्व गाउँ बिकास समिति अध्यक्षहरु, गाउँपालिका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँ सभा सदस्यहरु, पत्रकार सर्बसाधारण लगायत सबैको उपस्थितिमा बिधिवत रूपमा उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

तुर्माखाँदमा विद्युतको केन्द्रीय प्रशारणलाईन पुग्यो

लालिगुराँस माबिको ४७ औ बार्षिकोत्सव तथा अभिभावक

तुर्माखाँदमा विद्युतको केन्द्रीय प्रशारणलाईन पुग्यो

बागचौरबाट आँखा तथा कान उपचारको सेवा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *