लालिगुराँस माबिको ४७ औ बार्षिकोत्सव तथा अभिभावक भेला

दिलिप ढकाल
गुर्भाकोट, १५ चैत्र ।
भेरीगंगा नगरपालिका वडा नं. १३ मा श्री लालि गुराँस माध्यमिक बिद्यालयको ४७ आँै बार्षिकोत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
लाली गुराँस माध्यमिक बिद्यालयले ४६ औं वर्ष पूरा गरी ४७ औं बर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम तथा अभिभावक भेला सम्पन्न गरेको हो ।
बिद्यालयको बार्षिकोत्सब तथा अभिभावक भेलामा प्रधानाध्यापक प्रेम बहादुर थापाले आफ्नो बिद्यालयको सम्पूर्ण बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
बिद्यालयको भौतिक, शैक्षिक, आर्थिक, प्राबिधिक, बिद्यालयको सम्पूर्ण प्रगतिको बिषयमा छलफल र यीनै बिषयमा अभिभावकहरुलाई जानकारी गराउन बार्षिकोत्सव तथा अभिभावक भेला गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
बार्षिकोत्सब तथा अभिभावक भेलामा अभिभावक पदम बहादुर वलीले शुभकामना मन्तव्य राख्दै बिद्यालयको पहिलो संस्थापक स्वर्गिय रत्न बहादुर बुढा र पहिलो बिद्यालय प्र.अ. स्वार्गिय सुबर्ण बिक्रम शाहको कार्यकालमा २०३२ साल चैत १२ गते लाली गुँरास माध्यमिक विद्यालयको स्थापना भएको जानकारी दिनुभयो ।
स्वर्गीय जग्गादाता पशुराम रावट, देवे राना, कर्ण बहदुर रावट, मुने राना, रत्न बहादुर जिसी, दल बहादुर बुढा लयायत १३ जनाको जग्गा दानमा शुरु भएको बिद्यालयमा अहिले कक्षा–११ सञ्चालन गर्न सफल भएकोमा स्वर्गीय जग्गाधनीहरुप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
लोकदोहोरी गायक तथा लालिगुँरास माध्यमिक विद्यालयका शिक्षक हरि शर्माका अनुसार २०७८/०७९ मा कक्षा–११ सञ्चालन गरी विगत केही बर्षसम्म आफुसंग भएको ज्ञान सिप र क्षमतालाई क्षमतालाई विद्यार्थी समक्ष प्रस्फुटन गर्नु पाँउदा अहिले खुशी रहेको धारणा व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका सभा सदस्य सीता नेपालीको प्रमुख आतिथ्यता तथा भेरीगंगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष टिकाराम सुवेदीले विषेश आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवेदीले आफु निर्वाचित भएयता विद्यालय सञ्चालनमा आफुले सक्दो प्रर्यास गरेको बताउनुभयो । उहाँले सुर्खेत को पुर्वि क्षेत्रलाई लक्षित गरी लाली गुँरास माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
अभिभावक भेलामा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विद्याका विषयमा छनौंट गरी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै स्वर्गिय जग्गाधनिहरुको नाममा आफन्तहरुलाई प्रमाण–पत्र वितरण गरी सम्मान् गरीएको थियो ।
विद्यालयको ४७ आँै वार्षिकोत्सवमा सञ्चारकर्मी कर्ण वि एम र सगिंत चौतारीको अम्मर सिजाली, निशा तारम, रोशनी मगर लगायतको नृत्य र गित प्रस्तुती रहेको थिायो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक वहादुर रावटकोे सभापतिमा सम्पन्न भएको अभिभावक भेलामा अभिभावकहरु, समाजसेवी, वुद्धिजिवी, विभिन्न राजनितिक दलका निर्वाचित जनप्रतिनिधिहरु, लाली गुँरास माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।







