मालारानीको एक घरमा आगालागी

दिलिप ढकाल
गुर्भाकोट, १५ चैत्र ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १ को राम्रीकाँडा, मालारानीको एक घरमा आगलागी भएको छ । स्थानीय केशर बहादुर कामीको घरमा आगलागी भएको हो ।

डाँडाको घर भएको र घरको छानो खरले छाएको हँुदा धेरै हावाहुरी चलेर सामान्य स्तरको भान्साबाट आगो गएर खरको छानोमा आगो पुग्दा घरमा आगो लागेको गुर्भाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लाल बहादुर खासुले जानकारी दिनुभयो ।

आगलागीबाट एक घर, घरमा भएको १३ मुरी जति धान, अन्य खाद्यान्न, तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएकोछ । उक्त घर सुरक्षित आवास कार्यक्रम अन्तर्गत निर्माण भएको वडा अध्यक्ष लाल बहादुर खासुले जानकारी दिनुभयो ।

मालारानीको एक घरमा आगालागी

दोस्रो पञ्चपुरी मेयर कप सुरु

मालारानीको एक घरमा आगालागी

लालिगुराँस माबिको ४७ औ बार्षिकोत्सव तथा अभिभावक

Leave a comment

Your email address will not be published. Required fields are marked *