आधारभूत स्वास्थ्य सेवा केन्द्र राम्रीकाँडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि शिविर संचालन हुदै

दिलिप ढकाल
सुर्खेत,१२ मंसिर ।
गुर्भाकोट नगरपालिका वडा नम्बर १ को आधारभूत स्वास्थ्य सेवा केन्द्र राम्रीकाँडामा ख्क्ष्ब् अर्थात (पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर जाँच सम्बन्धी एक दिने शिविर संचालन हुने भएको छ।
यहि मङ्सिर १४ गते सन्चाल हुने शिविरमा वडा नम्बर १ सहित आसपासका वडा र पालिका का महिला हरुले उक्त सेवा लिन सक्ने गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीले जानकारी दिए । शिविर बिहान ११ बजे देखि साझा ५ बजे सम्म संचालन हुने छ। गुर्भाकोट स्वास्थ्य शाखाको आयोजनामा उक्त सिबिर संचालन हुन लागेको हो।





