घाइते महानगर प्रहरीको नर्भिकमा उपचार हुँदै

काठमाडौं,१२ मंसिर ।

काठमाडौं महानगरपालिकाका दुई दर्जन बढी घाइते नगर प्रहरीहरूको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गरिएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए ।

ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरूको नर्भिकमा उपचार भएको हो । घाइते नगर प्रहरीहरूलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुला क्षेत्रमासमेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए ।

अस्पतालले काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको अस्पतालले जनाएको छ । अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरूको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइते महानगर प्रहरीको नर्भिकमा उपचार हुँदै

संर्घष र सफलता : विद्यालय खोल्ने स्वीकृति

घाइते महानगर प्रहरीको नर्भिकमा उपचार हुँदै

आधारभूत स्वास्थ्य सेवा केन्द्र राम्रीकाँडामा पाठेघर तथा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!