निर्वाचनका २ सय १६ घटनामा बालबालिकाको प्रयोग

काठमाडौँ,१३ मंसिर ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । सोमवार सार्वजनिक प्रतिवेदनअनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको पाइएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो ।

जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा प्रचार प्रसार ¥यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई कलाकारको रूपमा प्रयोग गरिएको थियो । आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए ।

निर्वाचनका २ सय १६ घटनामा बालबालिकाको प्रयोग

आधारभूत स्वास्थ्य सेवा केन्द्र राम्रीकाँडामा पाठेघर तथा

निर्वाचनका २ सय १६ घटनामा बालबालिकाको प्रयोग

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *