सत्र उम्मेदवारको जमानत जफत

दैलेख,१२ मंसिर ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएकामध्ये दैलेखमा १७ जना उम्मेदवारको जमानत जफत भएको छ। दैलेखमा प्रतिनिधि सभाका दुई तथा प्रदेश सभाका चार निर्वाचन क्षेत्र छन्।

दैलेख–१ मा प्रतिनिधि सभातर्फका आठ जना उम्मेदवारमध्ये पाँच जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेमा मजदुर किसान पार्टीका प्रकाश गुरुङ, नेपाली कांग्रेस (बीपीका) भूपालबहादुर थापा, स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेकपा (एमाले)बाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बन्नुभएका गोपाल नेपाली र सत्ता गठबन्धनबाट विद्रोह गर्नुभएका निरखबहादुर थापा रहेका छन् ।

नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङले ६९८ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेस (बीपी)का भूपालबहादुर थापाले ६६ मत प्राप्त गर्नुभएको छ। दैलेख–१ प्रतिनिधि सभातर्फ जमानत जफत भएका पाँच जनामध्ये स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३८७ मत प्राप्त गर्नुभएको छ।

नेकपा (एमाले)बाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार गोपाल नेपालीले २१० मत प्राप्त गर्नुभएको छ। अर्का स्वतन्त्र उम्मेदवार निरखबहादुर थापाले १०६ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र–२ का उम्मेवार पाँच जनामध्ये तीन जनाको जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारी र राप्रपाका लोकेन्द्रराज गिरी र मजदुर किसान पार्टीका केशेन्द्रप्रकाश कार्कीको जमानत जफत भएको हो। स्वतन्त्र पार्टीका भण्डारीले ७१३, राप्रपाका लोकेन्द्र गिरीले ४८८ र मजदुर किसान पार्टीका कार्कीले तीन हजार ८४ मत प्राप्त गरे ।

चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ११ जना उम्मेदवारको जमानत जफत भएको छ। दैलेख–१ अन्तर्गतका दुईवटा प्रदेश सभामा उम्मेदवार बनेका छ जना र दैलेख–२ अन्तर्गतका दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका पाँच जना गरी ११ जना उम्मेदवारको जमानत जफत भएको हो।

दैलेख–१ प्रदेश सभा (क)मा जमानत जोगाउन नसक्नेहरूमा राप्रपाका हृदयजङ्ग शाही, एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्री र मजदुर किसान पार्टीका जगबहादुर ओली रहेका छन् । दैलेख–१ प्रदेश सभा (ख)मा उम्मेदवार बन्नुभएका राप्रपाका रणबहादुर सिंह, स्वतन्त्र उम्मेदवार टेकबहादुर खाँण र मजदुरका लक्ष्मीकुमारी सिंहले जमानत जोगाउन सकेनन् ।

प्रदेश सभा (क)मा चार जना र प्रदेश सभा (ख)मा एक जना गरी पाँच जना उम्मेदवारको जमानत जफत भएको हो। प्रदेश सभा (क)मा लौरो चुनाव चिह्नका प्रेमबहादुर भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, मजदुर किसान पार्टीका मदनकुमार भण्डारी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालको जमानत जफत भएको छ।

दैलेख–२ प्रदेश सभा (ख)मा उम्मेदवार बनेका एक जना उम्मेदवारको जमानत जफत भएको छ। राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीको जमानत जफत भएको हो।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ।

गोरखापत्र

सत्र उम्मेदवारको जमानत जफत

सल्यानमा प्रत्यक्षमा ७ र समानुपातिकमा ८ प्रतिशत

सत्र उम्मेदवारको जमानत जफत

प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

Leave a comment

Your email address will not be published. Required fields are marked *