सल्यानमा प्रत्यक्षमा ७ र समानुपातिकमा ८ प्रतिशत मत बदर

सल्यान,१२ मंसिर ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा आठ प्रतिशत मत बदर भएको छ । सम्बन्धित निकायले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका कारण प्रत्यक्ष र समानुपातिकमा धेरै मत बदर भएको हो ।

कुल खसेको मत अनुसार प्रत्यक्षमा ११ हजार ६ सय १५ र समानुपातिकमा १२ हजार ४ सय ४६ मत बदर भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि खसेको कुल मत ७६ हजार ३ सय ५ मा ७ हजार ३ सय ५९ , प्रदेशसभा अन्तर्गत सल्यान १ मा खसेको ४१ हजार १ सय ७६ मतमा २ हजार ३ सय ४८ र २ मा ४१ हजार ९ सय ६७ मत खसेकोमा १ हजार ८ सय ९८ मत बदर भएका छन् ।

यसैगरी समानुपातिकमा प्रतिनिधिसभाको लागि ८४ हजार ७ सय ८९ मत खसेकोमा ६ हजार २ सय १५ र प्रदेशसभामा ८२ हजार ९ सय ९८ मत खसेकोमा ६ हजार २ सय ३१ मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन सरोकारवाला सबैको जिम्मेवारी रहेपनि प्रभावकारी नभएकै कारण खसेको मत बढी बदर भएको निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भटराईले बताए ।

प्रत्यक्षमा थोरै चिह्न र समानुपातिकमा धेरै चिह्न भएकाले मतदाता अलमलमा परेका कारण समानुपातिकमा बढी मत बदर भएको उनले जानकारी दिए । उनका अनुसार निर्वाचनमा कार्यालयले स्वयंसेवक भर्ना गरेर जिल्लाका सबै पालिकामा मतदाता शिक्षा दिए पनि एकै मतदाताले एक चिह्नमा मात्र नभइ धेरैमा छाप लगाएको पाइएको हो ।

सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकोमा जिल्लाभरिका २ सय ५ मतदान केन्द्रबाट कुल मतदाताको ८४ हजारले तथा ५३.२७ प्रतिशतले मतदान गरेका थिए ।

कान्तिपुर

सल्यानमा प्रत्यक्षमा ७ र समानुपातिकमा ८ प्रतिशत मत बदर

कर्णालीमा कसको नेतृत्वमा सरकार ?

सल्यानमा प्रत्यक्षमा ७ र समानुपातिकमा ८ प्रतिशत मत बदर

सत्र उम्मेदवारको जमानत जफत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!