कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ

जाजरकोट । जाजरकोटमा एक जना कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २५ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने जुनिचाँदे गाउँपालिका –७ बस्ने जगविलाल रोकाय रहेका छन् ।
उनलाई २०५४ वैशाख २७ गतेको फैसलाले १० (दश) बर्ष कैद तोकेको थियो । तर उनी फरार भएका थिए ।
उनलाई इलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा खोजतलास गर्दै उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत जाजरकोटमा उपस्थित गराएर कारागार कार्यालय जाजरकोट चलान गरिएको छ ।






