२०८३ असार ४ गते
×

Now Playing

कर्मचारीलाई भ्रष्ट्राचारमा नलाग्न सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको कर्मचारीलाई निर्देशन

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले कर्मचारीलाई भ्रष्ट्राचारमा नलाग्न निर्देशन दिएका छन् । उनले शुक्रबार कर्मचारीसँग परिचयात्मक कार्यक्रम गर्दै उच्च मनोवलका साथ सिम्ता समृद्ध बनाउन लाग्न र भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएका हुन् ।

साथै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो काम गर्ने कर्मचारीलाई दण्डको व्यवस्था हुने उनको भनाई थियो ।

तपाइँहरु जहाँ हुनुहुन्छ त्यहीँ राम्रो काम गरि देखाउनुहोस् र कार्यसम्पादन राम्रो हुन्छ,’उनले भने,‘ सिम्ताको गरिबी र वेरोजगार सबैको साझा समस्या हो । यसलाई समाधान गरि विकासको गति अगाडी बढाउनु सबैको दायित्व हो ।’

कार्यक्रममा उपाध्यक्ष गोमा शर्माले काम गर्ने सवालमा कसैलाई विभेद नगरी जनप्रतिनिधि र कर्मचारीको असल व्यक्तिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाईन् ।

प्रमुख प्रकासकीय अधिकृत ओम प्रकाश देवकोटाले गाउँ पालिकाको समृद्धिको लागि हरपहल जनप्रतिनिधिलाई सहयोग गर्ने बताए । नीति, विधि निर्देशन अनुसार समग्र कर्मचारीलाई समृद्धि सिम्ताको अभियानमा खटाइने उनको भनाई छ ।

साथै उनले कर्मचारीले आस्थाको आधारमा सेवा प्रवाहमा तलमाथि गरे तत्काल कारबाही गरिने समेत बताए ।

कर्मचारीलाई भ्रष्ट्राचारमा नलाग्न सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको कर्मचारीलाई निर्देशन

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २५ बर्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *