जातिय छुवाछुत मुद्दाका फरार अभियुक्त पक्राउ

सुर्खेत ।
सुर्खेतमा जातिय छुवाछुत गरेको कसुर मुद्दामा अदातलबाट कैद सजाए पाएका एकजनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत जिल्ला अदालतले जातिय छुवाछुत गरेको कसुरमा तीन महिना कैद र दश हजार जरिवाना तोकिएका सुर्खेतको बराहताल गाउँपालिका-८ का २२ वर्षिय भरत शाही पक्राउ परेका हुन् ।
सोमवार विहान प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले वीरेन्द्रनगर-३ बाट शाहीलाई पक्राउ गरेको हो । शाहीलाई आजै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउनेसमेत प्रहरीले जानकारी दिएको छ ।






