कर्णालीमा मतदाताको संख्या दश लाख, तोकिए एक हजारभन्दा धेरै मतदान केन्द्र

सुर्खेत ।
आगामी स्थानीय निर्वाचनमा कणर्ाली प्रदेशमा दश लाखभन्दा बढी मतदाताले भाग लिन पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको अन्तिम नामावली अनुसार प्रदेशका दश लाख एक हजार दुईसय ८२ जना नागरिकले निर्वाचनमा भाग लिन पाउने भएका हुन् । जसमध्ये पाँच लाख ६ हजार एकसय ८० जना पुरुष र चार लाख ९५ हजार ९९ जना महिला मतदानमा भाग लिन पाउने भएका हुन् ।
अन्तिम नामावली अनुसार सल्यानका एकलाख ५७ हजार सातसय १५ जना, डोल्पाका २२ हजार चारसय ४० जना, मुगुका २४ हजार ८९ जना, जुम्लाका ६७ हजार सातसय ४४ जना र कालिकोटका ८० हजार चारसय १६ जना मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।

त्यस्तै हुम्लाका ३२ हजार पाँचसय ८१ जना, जाजरकोटका एकलाख तीन हजार आठसय ६९ जना, दैलेखका एकलाख ५८ चारसय ८९ जना, सुर्खेतका दुई लाख ३८ हजार चारसय ५७ जना र रुकुमपश्चिमका एकलाख चार हजार चारसय ८२ जना मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।
त्यस्तै प्रदेशभर कुल नौसय सात मतदानस्थल रहने भएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशभर कुल एक हजार तीन सय ८५ वटा मतदान केन्द्र रहने भएका छन् ।

अन्तिम नामावली प्रकाशनसँगै आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तयारी तीब्र पार्ने भएको छ । ‘मतदाताको अन्तिम नामावली प्रकाशनसँगै आयोग पूणर्रुपमा निर्वाचनमा होमिएको छ’ प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले भने, ‘अब हामी निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र कार्यालय स्थापना लगायतका काममा केन्द्रीत हुन्छौँ ।’
तोकिएकै समयमा निर्वाचन गर्न आयोगले गतिविधिलाई तीब्र पारिरहेको उनले बताए । जसका लागि आयोगले सुरक्षाको लागि महत्वपूणर् क्षेत्र म्यादी प्रहरी छनौट, निर्वाचन अधिकृतको नियुक्ती, कर्मचारी व्यवस्थापन, सुरक्षा संयन्त्रको तयारी, मतदाताको अन्तिम नामावली प्रकाशन, निर्वाचन कार्यालय स्थापना लगायता गतिविधि एकैसाथ अगाडि बढाएको छ ।

अब मतदाताको नामावलीमा हेरफेर गर्न पाइने छैन । यस्तै आयोगले आइतबार नै सुर्खेत लगायत देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरिसकेको छ । उनीहरुलाई यही २९ गतेदेखि काममा खटाइने छ । अब स्थानीय निर्वाचन कार्यालयको स्थापना र कर्मचारी व्यवस्थापन गर्ने चालिसेले जानकारी दिए ।

सुर्खेतमा थपिए ५४ हजार मतदाता
सुर्खेतमा ५४ हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले आइतबार प्रकाशित गरको अन्तिम नामावली विवरणअनुसार चार बर्षको अवधिमा सुर्खेतमा कुल ५४ हजार ५७ जना मतदाता थपिएका हुन् । २०७४ सालमा सुर्खेतमा एकलाख ८४ हजार चारसय मतदाता थिए । योसँगै सुर्खेतमा कुल मतदाताको संख्या दुई लाख ३८ हजार चारसय ५७ जना पुगेको छ ।
अन्तिम नामावली विवरण अनुसार अब गुर्भाकोट नगरपालिकामा मतदाताको कुल संख्या ३३ हजार आठसय २९ जना, चिङ्गाड गाउँपालिकामा दश हजार सातसय २७ जना र चौकुने गाउँपालिकामा १५ हजार सातसय ३८ मतदाता पुगेको छ ।

त्यस्तै पञ्चपुरी नगरपालिकामा २२ हजार पाँचसय २३ जना, बराहताल गाउँपालिकामा १२ हजार दुई सय ९६ जना, वीरेन्द्रनगरमा ६७ हजार ५७ जना, भेरीगंगामा ३१ हजार दुइसय ७४ जना, लेकवेशी नगरपालिकामा २१ हजार नौसय ८३ जना र सिम्ता गाउँपालिकामा १८ हजार ३२ जना मतदाता पुगेको हुन् ।

तोकिए निर्वाचन अधिकृत
सुर्खेतमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएका छन् । निर्वाचन आयोगले जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यलाई सुर्खेतको मुख्य निर्वाचन अधिकृत तोकेको छ । स्थानीय तह अन्तरगत उनी वीरेन्द्रनगर नगरपालिकामा खटिने छन् ।

त्यस्तै स्थानीय तह अन्तरगत गुर्भाकोट नगरपालिकामा तुलसा भण्डारी, चिङ्गाड गाउँपालिकामा उपेन्द्रकेशर खनाल, चौकुने गाउँपालिकामा सरोजनिधि वाग्ले, पञ्चपुरी नगरपालिकामा फटीकराज मुडभरी, बराहताल गाउँपालिका ठाकुरप्रसाद पौडेल, भेरीगंगा नगरपालिकामा नगेन्द्र लम्साल, लेकवेशी नगरपालिकामा दिपेन्द्रनाथ योगी र सिम्ता गाउँपालिकामा नारायणप्रसाद सापकोटालाई निर्वाचन अधिकृतका रुपमा खटाएएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही चैत २९ गतेदेखि काममा खटाउनेगरी नियुक्त गरिएको हो ।

म्यादी प्रहरी बन्न तेब्बर आवेदन
निर्वाचन खटिने म्यादी प्रहरीमा माग गरिएको संख्याभन्दा तेब्बरले आवेदन दिएका छन् । कणर्ाली प्रदेशमा सात हजार सातसय १३ जना म्यादी प्रहरी माग गरिएकोमा कुल २१ हजार दुई सय ४५ जनाले आवेदन दिएका छन् ।

जसमध्ये १६ हजार आठसय १८ जना पुरुष र चार हजार चारसय ३६ जना महिलाले आवेदन दिएको कणर्ाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए । कणर्ालीका दश जिल्लामध्ये सुर्खेतमा मात्रै पाँच हजार एकसय ७२ जनाले आवेदन दिएका छन् । सुर्खेतमा एक हजार दुइसय ६१ जना म्यादी प्रहरी माग गरिएको हो ।
त्यस्तै सल्यानमा तीन हजार चारसय आठजना, दैलेखमा दुई हजार सातसय ७३, जुम्लामा दुई हजार दुई सय ८५ जना, जाजरकोटमा दुई हजार ५६ जना, रुकुपश्चिममा दुई हजार दश जना, कालीकोटमा एक हजार तीनसय ४२ जना, मुगुमा एक हजार ३७ जना, डोल्पामा सातसय ४७ जना र हुम्लामा पाँचसय २४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको प्रवत्ता खड्काले जानकारी दिए ।

सल्यानमा एक हजार ७३ जना, दैलेखमा आठसय ९३ जना, जुम्लामा सातसय ६८ जना, रुकुमपश्चिममा ६ सय ७७ जना, जाजरकोटमा सातसय ८४ जना, कालीकोटमा आठसय चार जना, डोल्पामा पाँचसय ६८ जना, मुगुमा चारसय ६९ र हुम्लामा चारसय १६ जना मात्रै म्यादी प्रहरी माग गरेको छ ।

कर्णालीमा मतदाताको संख्या दश लाख, तोकिए एक हजारभन्दा धेरै मतदान केन्द्र

अवैध अफिम खेति नष्ट

कर्णालीमा मतदाताको संख्या दश लाख, तोकिए एक हजारभन्दा धेरै मतदान केन्द्र

जातिय छुवाछुत मुद्दाका फरार अभियुक्त पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *