भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेस मुगुको कार्यालय उद्घाटन गर्ने

मुगु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने भएका छन् ।

कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित बिपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भौतिक रुपमै उपस्थिति भइ पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखतबहादुर शाहीको सदरमुकाम शालिकलाई उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीको कार्य ब्यस्तताले भौतिक रुपमै उपस्थित नभएर पनि भर्चुअल मार्फत कार्यालय र शालिकको उद्घाटन गर्ने कार्यक्रमको तय भएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

सभापति शाहीका अनुसार प्रधानमन्त्रीको भौतिक रूपमै उपस्थित भएर पनि भर्चुअलमार्फत् कार्यालय र गमगढीको माथिल्लो बजार अदालत चोकमा निर्माण भएको कांग्रेस मुगुका संस्थापक सभापति बखतबहादुर शाहीको सदरमुकाम शालिकको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि देउवाको कार्यव्यस्ताका कारण भर्चुअलमार्फत् गर्न लागिएको हो ।

Share this:

भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेस मुगुको कार्यालय उद्घाटन गर्ने

जातिय छुवाछुत मुद्दाका फरार अभियुक्त पक्राउ

भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेस मुगुको कार्यालय उद्घाटन गर्ने

दोस्रो पञ्चपुरी मेयर कप सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *