सुर्खेतमा रातीसम्म पनि प्रदर्शन, बन्दकर्ता-प्रहरीवीच झडप हुँदा …

सुर्खेत, १६ फागुन ।
एमसीसीको विरोधमा प्रदर्शनका क्रममा तोडफोड हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बल प्रयोग गरेको हो ।

रत्नराजमार्गको मंगलगढी चोक नजिकै बाटोमा बालिएको टायर निभाउने क्रममा प्रदर्शनकारी र प्रहरीवीच झडप भएको थियो । बन्दकर्ताले प्रहरीमाथी ढुङ्गा, मुडा गर्न थालेपछि प्रहरीले ३ राउण्ड (तीन सेल) अश्रु ग्याँस फायर गरेको प्रदेश प्रहरी कार्यालय सूचना डेक्सले जानकारी दिएको छ ।

प्रदर्शनकारी र प्रहरीवीच भएको झडमा ३ जना प्रहरी कर्मचारी घाईते भएको समेत जानकारी दिइएको छ । नेपाल प्रहरीको कमाण्डमा ४५ जना र सशस्त्र प्रहरी बेलको ३१ जना सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सुर्खेतमा प्रर्दशनकारीहरू रातपर्दासम्म विभिन्न पार्टी कार्यालयहरू लक्षित ढुंगा, मुढा प्रहार गरी धनजनको क्षति पुरयाएका छन् । राती अवेरसम्म पनि प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालयले कर्फुको सूचना जारी गर्न लागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभएको छ ।

सुर्खेतमा रातीसम्म पनि प्रदर्शन, बन्दकर्ता-प्रहरीवीच झडप हुँदा …

चार छोराछोरीसहित सामूहिक कर्णालीमा हाम फाल्ने सुकीका

सुर्खेतमा रातीसम्म पनि प्रदर्शन, बन्दकर्ता-प्रहरीवीच झडप हुँदा …

सुर्खेतमा एमाले–काँग्रेस–माओवादीका पार्टी कार्यालय तोडफोड

Leave a comment

Your email address will not be published. Required fields are marked *