सुर्खेतमा एमाले–काँग्रेस–माओवादीका पार्टी कार्यालय तोडफोड

सुर्खेत, १६ फागुन ।
सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले क्षति पुरयाएका छन् । एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ । उनीहरुले माओवादी र कांग्रेसको कार्यालयमा पनि आगजनी प्रयासस गरेका छन् ।

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए । संघीय राजधानी काठमाडौंलगायतका स्थानमा बन्दको प्रभाव नदेखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने प्रभाव देखिएको थियो ।

सोमबार बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन् ।

हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता सोमबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । यसबीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।

सुर्खेतमा एमाले–काँग्रेस–माओवादीका पार्टी कार्यालय तोडफोड

आगजनी र तोडफोड हुन थालेपछि सुर्खेतमा कर्फ्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *