खलंगामा फाइबर नेट जडान सुरु

मोहन सिंह
जाजरकोट (खलंगा), १६ फागुन ।
इन्टरनेट सेवा प्रदायक कम्पनी टेक माइड कम्पनीले जाजरकोट जिल्ला सदरमुकाम खलंगामा फाईबल नेट जडान कार्य सुरु गरेको छ । कर्णालीका पाँच जिल्ला सल्यान, रकुम, देैलेख , जाजरकोट, सुर्खेत लगाएका जिल्लामा फाइबर नेट जडान भैसकेको बाँकी जिल्लाहरुमा छिट्टै लाइन जडान गरिने नेट्वर्क टेक्निसियन कपिल शर्माले जानकारी दिनुभयो ।
आजको युगमा नेट नभैनहुने एउटा महत्वपूर्ण साधन रहेकोले अबको दुई दिन भित्र जाजरकोट खलंगामा टेकमाइण्ड कम्पनीको फाइबर नेट सञ्चालनमा आउने फाइबर नेट सञ्चालन संगै सेवाग्रहिहरुले आईपी टिभी र फाइबर नेट चलाउन सकिने छ ।






