रुस–युक्रेन युद्धबाट प्रभावित २४४ नेपाली सुरक्षित स्थानमा

काठमाडौं, १६ फागुन ।
रुस–युक्रेन युद्धबाट प्रभावित २४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिएको छ ।

एनआरएनएका अनुसार रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ का अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् ।

यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सीमामा १३० जना स्लोभाकियाको सीमा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपालीहरु दोस्रो मुलुक जान रोकिएका छन् । उनीहरु सोमवार साँझसम्म सिमा क्रस गर्न सक्ने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका हुन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै बसोबास गर्दै आएका छन् ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै राजदुत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।

उच्चस्तरीय समितिका संयोजक तथा बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित भएको जानकारी दिए ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र अल्ली खुकुलो बनाएको कारणले नेपालीहरु बाहिर निश्कन सहज भएको बताए ।

स्वास्थ्य समितिका संयोजक डा.बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिए ।

उनले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको जनाकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पुर्याउन सकृय रुपमा लागि परेको बताए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए ।

उनले एउटा देशमा शरणार्थीको लागि आवेदन दिएपछि सो आवेदनको अन्तिम सुनवाई नभएसम्म अर्को देशमा जानु गैरकानुनी हुने जानकारी दिए ।

उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।

बैठकमा उच्चस्तरीय समितिका सदस्य सचिव चिरन्जिबी खड्काले समितिले विगत २४ घण्टामा गरेका गतिविधिको बारेमा प्रकाश पार्दै स्थानीय रुपमा समन्वय समिति गठन गरेर नेपालीहरुको उद्धारको काम भैरहेको जानकारी दिए । समितिले युद्धबाट विस्थापित नेपालीहरुको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको छ ।

रुस–युक्रेन युद्धबाट प्रभावित २४४ नेपाली सुरक्षित स्थानमा

खलंगामा फाइबर नेट जडान सुरु

रुस–युक्रेन युद्धबाट प्रभावित २४४ नेपाली सुरक्षित स्थानमा

YUGAAWHAN NATIONAL DAILY (2078-11-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *