नाम्खा गाउँपालिका-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

हुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नाम्खा गाउँपालिका(६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको हो ।

वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै एकल उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

गत ३० मंसिरमा लिमेली जनताले पाल्जोर तामाङलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेका थिए । लिमेली जनताले वडा सदस्यहरु पनि सोही दिन टुंगो लगाएका थिए ।

 

नाम्खा गाउँपालिका-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

‘उपसभापतिको पावर छ भनेर एक पक्षिय तरिकाले

नाम्खा गाउँपालिका-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

Leave a comment

Your email address will not be published. Required fields are marked *