आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि जाँचबुझ छानबिन थाल्ने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा हिजो (मंगलबार) उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको हो।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने उम्मेदवारको विरोधमा १३ गते उजुरी आह्वान गरेको थियो। उजुरीमाथि वैशाक १४ र १४ गते छानबिन गरिने आयोगका प्रवक्ता शालिकराज शर्माले जानकारी दिए।

छानबिन सकिएपछि वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। चुनावको मिति वैशाख ३० गते तोकिएको छ।

७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४७९ जनाले मनोनयन दर्ता गरेका छन्। आयोगका अनुसार प्रमुखमा तीन हजार ४६६‚ उपप्रमुखमा दुई हजार १३५‚ अध्यक्षमा तीन हजार ३७८ र उपाध्यक्षमा दुई हजार ३९२ जनाले मनोनयन दर्ता गरेका छन्।

यस्तै‚ वडा अध्यक्षमा ३४ हजार ९४२‚ महिला सदस्यमा २६ हजार ६१‚ दलित महिला सदस्यमा २३ हजार ४६५‚ सदस्यमा ५४ हजार ६४० जनाले मनोनयन दर्ता गरेका छन्।

आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

नाम्खा गाउँपालिका-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

रुकुम पश्चिम : बाँफिकाेटमा थाल्यो माओवादीले चुनावी

Leave a comment

Your email address will not be published. Required fields are marked *