रुकुम पश्चिम : बाँफिकाेटमा थाल्यो माओवादीले चुनावी अभियान

प्रचण्ड खत्री

रूकुम पश्चिम । उम्मेदवारहरुले मनोनय दर्ता गराएसँगै रुकुमपश्चिममा माओवादीले चुनावी अभियानलाई निरन्तरता दिएको छ ।
बाँफिकोट गाउँपालिकामा माओवादीले चुनावी गतिविधि अगाडि बढाएको हो ।

माओवादी केन्द्रको आधार इलामा मानिएको रुकुममा दलहरु एक्लाएक्लै चुनावी मैदाना होमिएका छन् । बाँफिकोट कमिटीले मंगलबारदेखि नै सिम्तारुबाट चुनावी अभियान सुरु गरेको छ । बुधबार बडगाउँमा चुनावी कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको बाँफिकोट कमिटीले जानकारी गराएको छ ।

माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका चन्द्रबहादुर केसी जनताको गुनासो सुन्दै त्यसको समाधानका लागि आफु अग्रसर भएको भन्दै मत आफ्नो पक्षमा पार्ने अभियानमा जुटेका छन् । उपाध्यक्षका उम्मेदवार तारा बुढा केसीले महिला र आम समुदायको सामाजिक विकासका लागि आफु अग्रसर हुने बताइन् ।

 

रुकुम पश्चिम : बाँफिकाेटमा थाल्यो माओवादीले चुनावी अभियान

आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

रुकुम पश्चिम : बाँफिकाेटमा थाल्यो माओवादीले चुनावी अभियान

सुर्खेतका ५० जना पत्रकारको निःशुल्क आँखा परीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *