‘उपसभापतिको पावर छ भनेर एक पक्षिय तरिकाले जानुभयो’

कमलराज रेग्मी, निवर्तमान सभापति
नेपाली काँग्रेस, जिल्ला कार्यसमिति, सुर्खेत

हाम्रो सिधा कुरा भनेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका साथीहरुसँग बसेर, टेबुल वार्ता गरेर काँग्रेसलाई कसरी जिताउने सकिन्छ । उचित सबै साथीहरुलाई सम्मान हुने तरिकाले अघि बढ्नुपर्छ भन्ने हाम्रो माग हो । तर नेतृत्वतहमा रहेका उहाँहरुले (संस्थापन पक्ष) गर्नुभएन । अहिले उहाँहरुले मिडियाबाजी गरेर हामीले बोलाउँदा पनि इत्तर पक्ष आएन भनिरहनुभएको छ ।

म दावाका साथ भन्छु उहाँहरुले अहिलेसम्म हामीलाई टेबुलमा बसेर छलफल गरौं, को उचित छ, कसलाई कहाँ उठाउने ? कसरी चुनाव जिताउने भन्ने बारेमा एक पटक पनि छलफल भएको छैन । अहिलेसम्म एक पटक मात्र छलफल भयो । उहाँहरुले गठबन्धनभित्रको भागवण्डा टुंगिएपछि बसौंला भनेर भन्नुभयो । त्यसपछि फर्कीएर आउनुभएन । हामीलाई बोलाउँदा पनि बोलाइएन ।

अर्को कुरा हाम्रो पक्षलाई उहाँहरुले सुर्खेतका कुनै पनि ठाउँमा उम्मेदवारी दिनुभएन् । माथी केन्द्रमा उपसभापतिको पावर छ भनेर एक पक्षिय तरिकाले जानुभएको छ । हाम्रो भनाई त सबै साथीहरुलाई चुनावमा लागेर काँग्रेसलाई जिताउनुपर्छ भन्ने हो ।

०७४ मा मेरै कमाण्डमा हामीले सुर्खेतमा बलियो शक्ति केन्द्रका रुपमा स्थापित भएका थियौं । तर उहाँहरुले एकलौटी तरिकाले कुनै ठाउँमा कुनै सम्बन्ध नै नराखेर, कुनै तहका साथीहरुसँग (वडादेखि जिल्लातहसम्मै) सहकार्य नै नगरेर उहाँहरुले दर्खास्त हाल्नुभएको छ । त्यो भएर सबै साथीभाईहरुको गुनासो पनि छ । कसरी जान्छ भनेर अब मैले भनेर मात्र हुँदैन् ।

मनोनयन दर्ता गर्ने अन्तिम दिनको बेलुका साढे ४ बजेतिर होला सायद महामन्त्री गगनकुमार थापा जीले पूर्व क्षेत्रीय सभापति नारायण कोइरालालाई फोन गर्नुभएको थियो । वीरेन्द्रनगर कमिटीले टिकटको बारे सिफारिस गर्दाखेरी उपसभापति पूर्णबहादुर खड्का जी को नजिकको मान्छे नगर सभापति उपेन्द्र खड्काले नारायण जीको नाम हाल्नुभएन ।

त्यसपछि प्रदेशमा भएका साथीहरुले थपेर पठाउनुभयो । नारायण जीले मेरो तल्लो निकायबाट सिफारिस नभएको हुनाले म उम्मेदवार लड्दैन भनेर एक दिन अगाडि नै विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिइसक्नुभएको थियो ।

अब साढे चार बजे गगन जीले फोन गर्दा खड्का जीहरु उम्मेदवारी दर्ता गर्न गइसक्नुभएको थियो । यो कपोकल्पित कुरा हो । हामीसँग सरसल्लाह गरेर जिल्लाभर कुनैपनि ठाउँमा उम्मेदवार दिनुभएन । म निवर्तमान जिल्ला सभापति हो । मेरै वडामा पनि कसलाई उम्मेदवार बनाउने भनेर सोध्नुभएन भनेपनि उहाँहरुको कहाँसम्मको घमण्डिपना हो ।

अन्तिममा आएर मेरो भाइलाई टिकट दिएर वडामा लडाउनु है ? नत्र समस्या हुन्छ त्यहाँ भनेर भन्नुभएको थियो रे ! मेरो भाइको इन्टेनसनै थिएन । मेरो भाइले उम्मेदवार हालेन । त्यसो किन भन्दा आफ्नो भाईलाई टिकट दियो भन्नलाई हो । अबको प्रष्ट धारणा काँग्रेसलाई जिताउनुपर्छ, काँग्रेसभित्रको लिडरसिप करेक्सन हुनुपर्छ भन्ने हो । यो उपसभापतिको जिल्ला हो ।

उहाँका मान्छेहरुलाई उहाँले एकलौटी राख्नुभएको छ । जिल्ला कार्यसमितिमा हाम्रो कुनै सहभागिता गराइएको छैन । यसको परिणाम उहाँहरुले नै लिने हो र भोलीको जवाफदेही पनि उहाँहरु नै हो । राम्रो–नराम्रो दुबैको पगरी बाँध्ने उहाँहरुले नै हो । हाम्रो चुनाव बिथोल्ने रणनीति होइन् । (उहाँसंग हाम्रा सहकर्मीले गरेको कुराकानीमा आधारित भनाई)

‘उपसभापतिको पावर छ भनेर एक पक्षिय तरिकाले जानुभयो’

सुर्खेतका ९ पालिकामा २२ सय २९ जनाकाे

‘उपसभापतिको पावर छ भनेर एक पक्षिय तरिकाले जानुभयो’

नाम्खा गाउँपालिका-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *