सिमकोट गाउँपालिकाले कृषकलाई उन उत्पादनमा प्रोत्साहित गर्न भेडा वितरण

 सिमकाेट १० साउन ।

सिमकोट गाउँपालिकाले कृषकलाई उन उत्पादनमा प्रोत्साहित गर्न भेडा वितरण गरेको छ । भेडा उत्पादन हुने सिमकोट गाउँपालिकाको वडा नम्बर १ र २ का १० जना कृषकहरुका लागि गाउँपालिकाको पशु शाखाले प्रतिकृषक १२ वटा भेडा वितरण गरेको हो ।

सिमकोट गाउँपालिकाको ग्याग्रुमा आयोजना गरेको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी र उपाध्यक्ष सुशिला भाम रोकायाले कृषकले स्थानीय जातका भेडा वितरण गरेका हुन् ।  गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट अन्तरगत पालिकाको अनुदानमा भेडा वितरण गरेको छ । पालिकाले कृषकको स्वलगानीमा ४ वटा भेडा खरिद गरेर वितरण गरेको छ ।

भेडा वितरण कमार्यक्रमलाई संझौता गर्दै गाउँपालिकाका अध्यक्ष बीजय भण्डारीले वितरित भएका भेडाको पालन पोषण गर्न र त्यसबाट राम्रो फाइदा लिन आग्रह गरे । गाउँपालकाले वितरण गरेका भेडाअरुको उत्पादनबाट अन्य सेवा र सुविधामा वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिवद्धता व्यक्त गरेका अध्यक्ष भण्डारीले भेडाको अवस्थाका बारेमा हरेक परिस्थितीका बारेमा पालिकालाई जानकारी गराउन निर्देशन दिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष सुशिला भाम रोकायाले भेडासँगै उन उत्पादनको मुख्य उद्देश्यले भेडा वितरण गरेको उल्लेख गर्दै राम्रो सँग भेडाको उत्पादन गरेमा उनको प्रशोधनका लागि गाउँपालिकाले आधुनिक चर्खाको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

सिमकोट गाउँपालिकाको पशु शाखा प्रमुख महेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको भेडा वितरण कार्यक्रममा सिमकोट १ का जैधन भण्डारी, कुञ्ज्याक लामा, सोनाम जांमो लामा र वडा नम्बर २ का रुपसिंह बोहरा, धनसुर कामी, सिलदेवी दमाई, नर बोहरा, बाक्ली बोहरा काली भण्डारी र बालकृष्ण बोहरालाई १२ वटा भेडाका दरले १२० भेडा वितरण गरिएको छ ।

सिमकोट गाउँपालिकाले कृषकलाई उन उत्पादनमा प्रोत्साहित गर्न भेडा वितरण

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा

Leave a comment

Your email address will not be published. Required fields are marked *