टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता

सुर्खेत १० साउन ।

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ हो । ‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए,’खड्काले भने,‘अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन् ।’ उनका अनुसार प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *