सरोकारवालाहरुको बैठकमा विपद् जोखिम मस्यौदा तयारीका विषयमा छलफल

दुर्गा विसि

सल्यान १० साउन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा स्वास्थ्य संकट एवं विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७९ को अन्तिम मस्यौदा माथि छलफल र परामर्श कार्यक्रम सम्पन्न भएको छ ।बनगाड कुपिण्डे नगरपालिकामा विपद् जोखिमको अवस्था र न्युनिकरणका सवालमामा छलफल चलेको थियोे ।

कार्यापालिका सदस्यहरु तथा मस्यौदा तयारी समितिका पदाधिकारीहरु र सरोकारवाला निकायहरु विच छलफल भएको थियोे । विपद्बबाट हुने मानविय क्षति प्रभाव कम गराउने,विपदबाट प्रभावित हुनेहरुका संख्या घटाउनेवरेमा उपाए खोजिएको छ ।

कार्यक्रम युएसआडिका विपद् हेर्न हरिलाल ढकालले बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडाहरुको जोखिमका विषयमा जानकारी गराएका थिए ।वाढि,पहिरो,आगलागि,रोगव्याधिका विषयमा प्रष्ट पारिएको थियोे ।

स्वास्थ्य संकट एवं विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७९ मस्यौदा छलफल गरि बैठकबाट पास गर्ने नगर प्रमुख तथा कार्यक्रमका सभा अध्यक्ष कर्णवहादुर वुढाथोकिले जनाए ।सल्यान जिल्ला कर्णाली प्रदेशको विपद्को अतिनै दोस्रो जिल्लाका रुपमा गणना हुन्छ ।

त्यसैले पुर्व तयारी,क्षती न्युनिकरण र समाधानका विषयमा गम्भीर बन्न सरोकारवाला निकायले जोडदिएका छन् ।नेपाली सेना,नेपाल प्रहरी,नेपाल रेडक्रस सोसाइटी,जनप्रतिनिधि,शाखा प्रतिनिधि र अन्य सरोकारवाला निकाय माझ छलफल चलाएइको थियोे ।

सरोकारवालाहरुको बैठकमा विपद् जोखिम मस्यौदा तयारीका विषयमा छलफल

एम्बुलेन्स नहुदा बाटोमै सुत्केरी

सरोकारवालाहरुको बैठकमा विपद् जोखिम मस्यौदा तयारीका विषयमा छलफल

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा

Leave a comment

Your email address will not be published. Required fields are marked *