एम्बुलेन्स नहुदा बाटोमै सुत्केरी

दिपेन्द्र शर्मा

जाजरकोट १० साउन ।

आठबिसकोट नगरपालिका ११ घर भएकी प्रतिमा बिकलाइ ४ दिन देखि सुत्केरी बेथा लागेको थियो ।  आठबिसकोट अस्पतालमा सुत्केरी हुन नसकेको अवस्थामा जाजरकोटको पुल मटेला बाट चौरजहारि अस्पतालमा जाँदै गर्दा बेथाले च्यापेपछि पुल नजिकै दमार रोडको बिच बाटोमै सुत्केरी भएर छोरा को जन्म भएको  माया बस्नेतले जानकारी दिएकि छन्  ।

 

सङ्गिनी सपना शर्माले सफलता पुर्वक खुल्ला बाटोमा सुत्केरी  बनाएकाे र बाटोमै सुत्केरी भइ छोराको जन्म भएको  बस्नेतले  जानकारी दिएकि छन्  ।

माया बस्नेत का अनुसार,आमा र छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइन। नगरपालिका जस्तो ठाउँमा एउटा् एम्बुलेन्सको व्यवस्था नभएको कस्तो सरकार हो ? भन्दै स्थानीय हरुले प्रश्न गरिरहेका छन्।

एम्बुलेन्स नहुदा बाटोमै सुत्केरी

YUGAAWHAN NATIONAL DAILY (2079-04-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *