गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सको चर्को भाडादर प्रति स्थानीय आक्रोशित

दुर्गा विसि

सल्यान १० साउन ।

औषधि गर्ने नसक्ने गरिव नागरिकसँग कसरी स्थानीय तहले चुस्छन भन्ने यो कालिमाटी गाउँपालिकाको ज्वलन्त उदाहरण हो ।पैसा नहुने नागरिकसँग अस्वभाविक भाडा असुली गरेर बिरामि नागरिकलाई मलम पट्टी लगाउनु सट्टा झन पिडाबाेध दिने काम गरेको भेटिएको छ ।

सल्यानको कालिमाटी गाउँपालिका देखि नेपालगञ्जको भाडादर ७ हजार हो तर एम्बुलेन्स चालकले भने उपचारमा हिडेका पिडित नागरिकलाई १५ हजार तिराइ छाड्यो ।उपचार गर्ने नसक्ने,गरिव असाह्य नागरिकलाई पालिकाले निशुल्क एम्बुलेन्स सेवा दिनुपर्ने हो ।तर उल्टै नागरिकबाट अस्वभाविक भाडा लिएर कालिमाटी गाउँपालिकाले उदाङ्गो पारा देखाएको स्थानीय पुरुषोतम भट्टराईको भनाइ रहेको छ ।

मंगलबार असार १० गते कालिमाटी गाउँपालिका ५ हात्तिदमार बस्ने चन्द्र कुमारी बुढालाई दिउसो बाख्रा चराउन जङ्गलमा गएको बखत भालुले आक्रमण गरि दायाँ खुट्टाको ,पैतला र तिघ्राको हड्डि भाचियकोले तत्काल उपचारका लागि कोहलपुर लिएको थियोे । कालिमाटी गापालिकाद्धारा संचालित एम्बुलेन्सको भाडादर गाउँपालिकाले कालिमाटी देखि कोहलपुर सम्मको लागि ७ हजार निर्णय गरेको छ । तर चालकले पिडितबाट १५ हजार लिएको रसिदबाट प्रमाण प्रष्टिन्छ ।

यस विषयमा स्थानीयले गाउँपालिका गुनासो समेत गरे । उक्त गुनासो प्रती गाउँपालिकाले व्यवास्था गरेको स्थानीय भट्टराईको भनाइ रहेको छ ।पिडित वुढालाइ नेपालगञ्जबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।गाउँपालिकाले भने यस विषयमा धेरै कुरा जानकारी नभएकोले राजश्व शाखासँगको परामर्श पछि सबै कुराको जानकारी दिने बताएको छ ।

गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सको चर्को भाडादर प्रति स्थानीय आक्रोशित

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ५

Leave a comment

Your email address will not be published. Required fields are marked *