बंगलादेशले बनायो माथि गाडी, तल रेल चल्ने देशकै लामो पुल

काठमाडौं ,१२ असार ।

बंगलादेशमा पद्मा नदीमाथि देशकै लामो पुल बनेको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्। यो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्ने छ । ३.८६ अर्ब अमेरिकी डलर खर्चेर बनाइएको पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भने मूनि रेलवेको सिंगल ट्रयाक छ ।

लामो विवाद र भ्रष्टाचारका आरोपहरू लागेपछि यो पुल निर्माणमा संलग्न दातृ संस्थाहरू बाहिरिएका थिए। पछि बंगलादेश सरकारले पुल आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो। पुल बनाउने ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।

शनिबार पुलको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताइन् । उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले पुल निर्माण सम्पन्न गरेकोमा समकक्षी हसिना र बंगालदेशका जनतालाई बधाई दिएका छन् । पद्मा नदीमाथि पुल नहुँदा दक्षिणपश्चिम क्षेत्रका वासिन्दालाई राजधानी ढाकासम्म आउन फेरीको भर पर्नुपर्थियाे ।

सडकबाट आउँदा निकै घुमाउरो पर्ने भएकाले भाडा, ढुवानी खर्च र समय ज्यादा लाग्थ्यो। आलोचकहरूले भने पुल बनाउँदा हसिना सरकारले प्रारम्भिक लागतभन्दा तीन गुणा बढी खर्च गरेको बताएका छन् ।

स्रोत :  सेतोपाटी

बंगलादेशले बनायो माथि गाडी, तल रेल चल्ने देशकै लामो पुल

एस्ट्रोपड’ डेटिङ एप– मेड इन स्टार्स सार्वजनिक

बंगलादेशले बनायो माथि गाडी, तल रेल चल्ने देशकै लामो पुल

त्यो पहिलो प्रेम पत्र लेखियो

Leave a comment

Your email address will not be published. Required fields are marked *