एस्ट्रोपड’ डेटिङ एप– मेड इन स्टार्स सार्वजनिक

काठमाडौं, १२ असार ।
अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ । नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पु¥याउने हिसाबले शुक्रबार कम्पनीले लाजिम्पाटको ¥याडिसन होटलमा एप सार्वजनिक गरेको हो । एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ ।
उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी शुरु हाम्रो लक्ष्यका साथ शुरु गरेको बताए ।

‘सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं । यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ । प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘यसमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडी वा साथीहरु छनोट गर्न सक्ने सुबिधा छ र त्यसै आधारमा उनीहरुले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुविधा रहेको छ ।’
परियोजनाको शुरूवाती योजना २०१४ मा मानिसहरुलाई एक आपसमा जोड्न र खुशी आदानप्रदान गर्न आईएम अर्थात् इन्स्ट्यान्ट मेसेजिङलाई कम्पनीको मुख्य भिजन र मिसन बनाउने भए पनि पर्याप्त लगानीको अभावमा यसलाई स्थगित गर्नुपरेको कोइरालाले भने ।
कोइरालाले रिकेश र विवेक नामका साथीहरुसँग मिलेर एउटा सफ्टवेयर कम्पनी शुरु गरेका हुन् । आफ्नो एपमार्फत् विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यो ४० जनालाई रोजगारी दिने कम्पनीमा परिणत भयो र यसले हाल विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको छ ।
एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरुलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालको कम्पनी हो । ‘१० लाखभन्दा बढी मानिसहरुलाई सेवा प्रदान गरिसकेको अनुभवका आधारमा अधिकांश मानिस आफ्ना बारेमा र आफ्ना सहयात्रीहरुसँगको सम्बन्धका बारेमा थाहा नपाएर दुखी हुने गरेको पाइएको छ।
यो अन्तरंग जानकारीले यो टोलीलाई एस्ट्रोपड डेटिङ – मेड इन स्टार्स नामक एप निर्माण गरेर उक्त समस्या समाधान गर्ने निस्कर्षमा पु¥यायो’, उनले भने । यो मोबाइल एप्लिकेशन कोइरालाको टोलीले शुरुवाती दिनदेखि नै बनाउने सपना देखेका थिए । त्यसमार्फत् उनीहरु प्रविधि र आइडियाबाट मात्र नभई ज्योतिष विज्ञानका माध्यमबाट यो सेवा प्रदान गर्न सफल भएका हुन् ।
ग्रह–नक्षत्रले हाम्रा जीवन तथा हामीले अनुसरण गर्ने मार्गलाई निकै प्रभाव पार्छन् भन्ने कम्पनीको विश्वास छ। यस्ता प्रभावलाई शुरुमै थाहा पाउन सक्नु ठूलो उपलब्धि र सम्पत्ति पनि हो। त्यसैले कम्पनीको उद्देश्य अंग्रेजी शब्दावली लभ इज नट इन द एयर रहेको हो । यसको तिर्यक मतलब भने वास्तवमा ‘द लभ इज इन द स्टार्स’ हो ।
एस्ट्रोपड म्याच के का लागि ?
चर्चित डेटिङ एपहरुले मानिसहरुलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन् । यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यारलाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन् ।
यी डेटिङ एपहरुले प्रत्येक व्यक्तिलाई एक सेट प्रश्नमार्फत् पहिचान र वर्गीकरण गर्छन् तर सही जोडी भेट्नका लागि व्यक्तिको वास्तविक प्रवृत्ति तथा संवेदनशील पक्षलाई भने उजागर गर्न सक्दैनन् । यी दुवै अवस्थामा जोडी खोज्न चाहनेले अनलाइनमा भएको उक्त व्यक्ति आफ्ना लागि सही छ या छैन भन्ने थाहा पाउन थुप्रै पटक हिट एन्ड ट्रायल अर्थात् परीक्षणका लागि गरिने कुराकानी तथा भेटघाटमा भर पर्नुपर्ने हुन्छ ।
एस्ट्रोपडले वेदहरुमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ वटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ ।
यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ। यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ । हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ ।
स्रोत : सेतोपाटी






