२०८३ असार ४ गते
×

Now Playing

गुर्भाकोटमा काँग्रेसबाट सबै पदमा उम्मेदवार

दिलिप ढकाल
गुर्भाकोट, १३ बैशाख ।
पूर्वि सुर्खेत को गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले नगर–प्रमुख, नगर उप–प्रमुखसहित १४ ओटै वडाको वडा अध्यक्ष पदको लागि उमेद्वारी दर्ता गरेको छ ।

नगर प्रमुखको लागि निवर्तमान नगर–प्रमुख तथा नेपाली कांग्रेस गुर्भाकोट नगरपालिकाका प्रमुखमा हस्त पुनले आफ्नो उमेद्वारी दर्ता गराउनुभएको छ ।

त्यस्तै गुर्भाकोट नगर उप–प्रमुखको लागि निवर्तमान नगर उप–प्रमुख मैना बिकले आफ्नो उमेद्वारी दर्ता गराउनु भएको छ । गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा पुन पुरानै उमेद्वार उठाएको छ ।

नेपाली कांग्रेसले गुर्भाकोट नगरपालिकाको १४ वटै वडाको वडा अध्यक्ष पदको लागि उमेद्वारी दर्ता गरेको छ । जसमा वडा नम्बर १ को वडा वडा अध्यक्षमा ओविलाल थापा, वडा नम्बर २ को वडा अध्यक्षमा नोख बहादुर वली, वडा नम्बर ३ को वडा अध्यक्षमा ओम प्रकाश बुढा, वडा नम्बर ४ को वडा अध्यक्षमा राम बहादुर डाँगी, वडा नम्बर ५ को वडा अध्यक्षमा लाल बहादुर पुन, वडा नम्बर ६ को वडा अध्यक्षमा गोविन्द वली, वडा नम्वर ७ को वडा अध्यक्षमा बासुदेब शर्माले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी वडा नम्बर ८ को वडा अध्यक्षमा किरण विक, वडा नम्बर ९ को वडा अध्यक्षमा ज्ञान वहादुर खत्री, वडा नम्बर १० को वडा अध्यक्षमा खगेन्द्र खत्री, वडा नम्बर ११ को वडा अध्यक्षमा मिलन रावत, वडा नम्बर १२ को वडा अध्यक्षमा तुलसी शर्मा, वडा नम्बर १३ को वडा अध्यक्षमा मधु गुरुङ र वडा नम्बर १४ को वडा अध्यक्षमा भुपाल गुरुङले उमेद्वारी दर्ता गराएका छन् ।

गुर्भाकोटमा काँग्रेसबाट सबै पदमा उम्मेदवार

गठबन्धनलाई लिएर कर्णालीकी उपसभामुख भन्छिन्–‘ भनौं भने

गुर्भाकोटमा काँग्रेसबाट सबै पदमा उम्मेदवार

कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्ताधारी गठबन्धन

Leave a comment

Your email address will not be published. Required fields are marked *