कविता : चाबी

रञ्जु मार्ग


सुर्खेत,१० पौष ।

यतिबेला धेरैले,
पदको रौनता देखिरहेछन,
शान र शौकत देखिरहेछन,
शक्ति र सामार्थ
देखिरहेछन,
देशको झण्डा बिर्सिएर
पार्टीको झण्डा हल्लाई
रहेछन् !
मागेको नीति र सिद्धान्तमा
देश चलाईरहेछन,
बिटुलिएको स्वाभिमान र
आदर्शमा
राष्ट्रियता जगाई रहेछन्,
आफैलाई बिर्सिएर,
आफैलाई भुलेर ,राष्ट्रिय
गान गाईरहेछन !
हिँड्न त सबै हिँडी रहेछन्,
देख्न त सबै देखिरहेछन्
त्यो भत्किएको बाटो
त्यो सुकेको धारो
त्यो धुलो धुँवाले आक्रान्त
पारेको सहर,
तर तिनलाई चिन्ता हुन्न,
तिनलाई चासो हुन्न,
यो कस्तो विडम्बना!
तिनैलाई पटक पटक
देशको चाबी सुम्पनु पर्ने?
भयो अब ,धेरै भयो
अब सुन्ने र बुझ्ने बेला
आएको छ,
टेकेर आफ्नै पाउले
हिम्मत र आँट छर्ने बेला
आएको छ,
अब खोस्नुपर्छ चाबीहरू र
दिनुपर्छ उसैलाई
जसले तपाईँ हामी बीच
सगँसगैँ
बसेर रोएको छ !

कविता :   चाबी

चार सूत्रकथा

कविता :   चाबी

दुई मुक्तक

Leave a comment

Your email address will not be published. Required fields are marked *