रग्दाको बिफेगौडा खानेपानी योजनामा अनियमिता, टालटुल पारेर रकम निकासा

दिपेन्द्र शर्मा
जाजरकोट, ९ भदौं ।
नलगाड नगरपालिका वडा नं. १०, को रग्दा बिफेगौडा खानेपानी योजना निर्माणमा व्यापक अनियमिता भएको स्थानीयले बताएका छन् । खानेपानी निर्माण समितिका अध्यक्ष भविन्द्र बहादुर रावत, कोषाध्यक्ष बालकुमारी डाँगी, सचिव तेजबहादुर विक तथा नगरपालिकाका सव इन्जिनियर पुष्प गौतमको मिलोमतोमा पुरानो खानेपानी योजनालाई टालटुल पारेर १० लाख बढी रकम काम नगरेर व्यापक अनियमिता गरेको खुलेको छ ।
स्थानीयले कारवाहीको लागि माग गरेका छन् तर कुन निकायले कारवाही गर्ने हो थाहा छैन । खानेपानी निर्माण गर्न नलगाड नगरपालिकाको १५ लाख रुपैंया लागत हो । पुरानो खानेपानी योजनाका इन्टेक ट्रयाङ्की नबनाई पुरानोलाई रंगरोगन मात्र गरिएको छ ।

रिजव ट्रयाङकीमा परानो सामग्री प्रयोग गरेको, पाइप पुरानो हालेको तथा नगाडेको स्थानीय पृथी बहादुर रावतले बताए । मनभक्त रावत, गंगाराम रावत, धनरुपा ध्यार लगाएत ७ घरको प्रयोगमा रहेको सिचाइ बन्द गरेर खानेपानी वनाएको नाउमा सो खानेपानी योजना छालटुल पारेर १० लाख बढी रकम अनियमिता गरेको र रकम असुल उपर गरी दोसीलाई कडाभन्दा कडा कारवाहि माग छ, रावतले भने ।
योजनाको नाउमा पुरानो पाइप हालिएको छ । सो पाइप गाड्ने काम पनि भएको छैन प्राविधिक पुष्प गौतमले कसरी पास गरेका हुन हामीलाई थाहाँ नै छैन । काम गरेका मजदुरले ज्याला रकम पनि पाएका छैनन् । यो त एक उदाहरण मात्र हो नगरपापालिकाका योजना काम नगरेर रकम निकासा हुन्छ, स्थानीय महेश रावतले भने । न्यायिक समितिमा स्थानीयले उजुरी दिएका छौ तर सुनुवाइ भएको छैन उनको भनाइ छ ।






