कसैकाे दबाबम हाेइन संविधान अनुकुल नै नागरिकता विधेयक : गृहमन्त्री खाण

काठमाडौं ९ साउन ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको जवाफ दिएका छन्।
सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
खाणले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरे। गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यक्ता अनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको जिकिर गरे।

कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै उनले नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताए। ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐन पनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै जाने नै छ’, उनले भने, ‘नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खाजेको होइन।
त्यो खालको आशंका नगर्नुहोस् । नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो।’ अरु कसैको परामर्श, सर सल्लाह वा अन्य कुनै कारणले विधेयक आएको आरोप गलत भएको उनले बताए। ‘गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ’, उनले भने, ‘ यही व्यवस्था कार्यान्वयनका लागि विधेयकमा समावेश गरेर ल्याइएको हो।’
गैरआवासीय नेपालीहरुलाई एकत्रित गरेर उनीहरुले लगानी नेपालमा गर्ने वातावरण बनाउनका लागि नागरिकताको व्यवस्था ल्याइएको उनले बताए। मन्त्री खाणले करिब ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे।
स्राेत ः नेपाल लाइभ






