सडक सवारी दुर्घटना : कर्णाली उच्च जाेखिममा

पुनम वि सी

सुर्खेत ९ साउन ।

सडक सवारी असुरक्षा र दुर्घटनाका दृष्टिकोणले कर्णाली प्रदेश उच्च जोखिममै रक सवारी असुरक्षा र दुर्घटनाका दृष्टिकोणले कर्णाली प्रदेश उच्च जोखिममै रहेको एक तथ्यांकले देखाएको छ । यहाँ वर्षेनी सयौँको संख्यामा हुने सवारी दुर्घटनाहरुमा सयौँले ज्यान गुमाउने गरेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांकले यस्तो देखाएको हो ।

गत आ.व. २०७८÷०७९ मा कर्णालीमा कुल चार सय दुई वटा सवारी दुर्घटनाका घटना भएको कर्णालीको यो तथ्यांकःत्यसभन्दा अघिको आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले बढि रहेको कार्यालयले जनाएको छ । आ.व २०७६÷०७७ मा कर्णालीमा दुई सय ३६ वटासवारी दुर्घटना भएका थिए  भने २०७७÷०७८ मा दुई सय ९१ वटा सवारी दुर्घटना भएको बताइएको छ ।

आ.व २०७६÷०७७ र आ.व २०७७÷०७८ मा कोभिड– १९ रोकथामका लागि । लकडाउन’ भएकाले पनि सवारी दुर्घटना संख्यामा कमी देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकोे भनाई छ ।

कर्णालीमा भएका सडक दुर्घटनामा तुलनात्मक रुपमा साना सवारी साधनको संलग्नता धेरै देखिन्छ ।  जिप–कार तथा मोटरसाइकल दुर्घटनामा पर्नेको संख्या धेरै नै रहेको छ प्रदेश प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुरक्षित सडक पूर्वाधार निर्माणमा ध्यान दिइनुपर्छ

कर्णालीका सडक सुरक्षाका पूर्वाधार निर्माणमा खास ध्यान नदिइएको नेपाल अटोमोवाइल स्पोर्टस् एसोशियन (नासा), कर्णालीका अध्यक्ष रुपेश भण्डारीको आरोप छ ।

सडक सुरक्षाका दृष्टिकोणमा हामीले निर्माण गरिरहेका सडकमा कमजोरी यथावतै छन् । यसप्रति हामीले ध्यान दिएका छैनौँ । बाटोमा सवारी साधन तथा पैदल यात्रीलाईनियममा वाँध्न ट्राफिक नियमका पूर्वाधारहरुको आवश्यकता पर्छ । ठूलो सडक बनाउँदैमा सडक दुर्घटना जोखिम न्यूनिकरण हुन्छ भन्ने छैन ।’

सडक निर्माणसँगै सुरक्षित सडक पूर्वाधारको समेत निर्माण गरिनुपर्ने बताउदै अध्यक्ष भण्डारीले भने,सुरक्षित सडकका लागि सडक सुरक्षा मापदण्ड पु¥याएको सडक बनाइनुपर्छ । पैदलयात्रीलाई फुटपाथको स्थान, लेन, जेब्रा क्रसिङ्ग तथा ट्रफिक लाइट, सडक अवस्थाका सूचना बोकेका जानकारीहरु, दुर्घटना क्ष्ति न्यूनिकरणका लागि प्रर्वाधार निर्माणलगायतका पक्षले सडक दुर्घटना न्युनिकरण गर्नमा सघाउँ पु¥याउन सक्छन्।

एक वर्षमै १९७ जनाले ज्यान गुमाएा तीन वर्षको समयमा सडक दुर्घटनामा

तीन सय ९२ जनाले ज्यान गुमाएका छन् । आ.व २०७६÷०७७ मा ९७ जना, आ.व २०७७÷०७८ मा ९८ जना र आ.व २०७८÷०७९ मा एक सय ९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी विगत तीन आर्थिक वर्षमा सडक दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुको संख्या सात सय १० जना रहेको छ ।

आ.व २०७६÷०७७ मा एक सय ७९ जना, आ.व २०७७÷०७८ मा एक सय ६९ जना र आ.व २०७८÷०७९ मा तीन सय ६२ जना सडक दुर्घटनामा गम्भीर घाइते भएको जनाइएको छ । यसका साथै आ.व २०७६÷०७७ मा दुई सय ९३ जना, २०७७÷०७८ मा तीन सय १९ जना र २०७÷०७९ मा पाँच सय ८ जना सडक दुर्घटनामा परि सामान्य घाईते भएको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।

 तीब्र गति नै मुख्य कारण

कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण सवारी साधनको तीब्र गति रहेको ट्राफिक प्रहरी कार्यालयको धारणा छ । यसका साथै यान्त्रिक कारणले कर्णालीमा सडक दुर्घटना बढाएको प्रदेश ट्राफिक प्रमुख तिवारीको भनाई छ । तथ्यांगत रुपमा हेर्दा कर्णालीमा घटेका सडक दुर्घटनामध्ये तीव्र गतिकै कारण गत आर्थिक वर्ष मात्रै दुई सय ४८ सडक दुर्घटना भएका छन् ।

यसैगरी आ.व २०७६÷०७७ मा एक सय ३२, २०७७÷०७८ मा एक सय ५९ वटा सडक दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको ट्राफिक प्रहरी उपरीक्षक तिवारी बताउँछन् । सडक दुर्घटनाको दोस्रो कारकतत्वका रुपमा रहेको यान्त्रिक कारणले अघिल्लो आर्थिक वर्षमा मात्रै ८६ सडक दुर्घटना घटेका छन् ।

यस विषयमा सवारी साधनको अवस्थाले महत्वपूर्ण भूमिका राख्ने उनको भनाई छ । आ.व २०७६÷०७७ मा ४९ र आ.व २०७७÷०७८ मा ६४ वटा सडक दुर्घटना सवारीको अवस्थाका कारण घटेको तथ्यांकले जनाउँछ । सडकको अवस्थाका कारण पनि सडक दुर्घटना हुनेको संख्या अघिल्लो आर्थिक वर्ष २०७÷०७९ मा १७ वटा रहेको छ ।

आ.व २०७६÷०७७ मा १२ र २०७७÷०७ मा १८ वटा सडक दुर्घटना सडकको अवस्थाका कारण रहेको ट्राफिक प्रहरीको विष्लेषण छ । प्रदेशको राजधानी समेत रहेकाले सुर्खेतमा सवारी चाप बढ्दो अवस्थामा नै छ । सोहि रुपमा हेर्दा समेत सुर्खेतमा सवारी दुर्घटनाको संख्या धेरै देखिनु नौलो पनि होइन । अघिल्लो आर्थिक वर्षमा मात्र सुर्खेतमा कुल एक सय ८७ सडक दुर्घटना भएका छन् ।

प्रदेशभरको दुर्घटनाको तुलनामा यो संख्या ४६ प्रतिशत हो । यसैगरी सल्यानमा ५५, दैलेखमा ४४, रुकुम पश्चिममा ३५, जाजरकोटमा २५, जुम्लामा २३, कालिकोटमा १७, मुगुमा सात, डोल्पामा ६ र हुम्लामा तीन वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

सुरक्षा सम्मेलनको योजनामा ट्राफिक प्रहरी

सवारी चाप, भौगोलिक अवस्था, कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अभाव तथा सडक सुरक्षा चेतनाको कमीका कारण कर्णालीमा सवारी दुर्घटनाको संख्या बढ्दो अवस्थामा रहेको कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिवारीबताउँछन् ।

कर्णालीमा सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अंगभंग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर दिनानुदिन बढ्दै गएको देखिएको छ । उनले भने,यसबाट राज्यलाई पनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, विमा, क्षतिपूर्ति लगायतका
विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा बृद्धि भएको छ ।’

कर्णालीलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्रका रुपमा विकास गर्न प्रदेश, जिल्ला र पालिका स्तरीय सडक सुरक्षा सम्मेलनको आवश्यकता रहेको प्रहरी उपरीक्षक तिवारीले औल्याए । यस सम्मेलन मार्फत सरोकारवाला निकायहरुलाई प्रतिवद्धता गराउँदै कार्ययोजना निर्माण गरी समन्वय, सहकार्य गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके कर्णाली प्रदेशमा हुने सडक दुर्घटना दुर्घटनाबाट भएको क्षतिमा कमी ल्याउन सकिने उनको सुझाव  छ ।


सडक सवारी दुर्घटना : कर्णाली उच्च जाेखिममा

कसैकाे दबाबम हाेइन संविधान अनुकुल नै नागरिकता

सडक सवारी दुर्घटना : कर्णाली उच्च जाेखिममा

जनताको मन जित्दै अध्यक्ष भण्डारी

Leave a comment

Your email address will not be published. Required fields are marked *