साफ यू–२० च्याम्पियनसिप : माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडाै ९ साउन ।

भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा आजदेखि साफ यू–२० च्याम्पियनसिप सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले करिब दुई महिनादेखि टोलीलाई प्रशिक्षण दिइरहेका छन्।

उनी आफ्नो टोलीले राम्रो नतिजा निकाल्न सक्ने ठान्छन्।  ‘हामी यहाँ जित्नका लागि छौं, तर हामी सबै सहभागी टोलीलाई सम्मान गर्छौं,’ केसीको भनाइ छ, ‘माल्दिभ्ससँगको पहिलो खेल कठिन हुनेछ तर थोरै प्रयासमा जित निकाल्न सकिन्छ।’ माल्दिभ्सका अधिकांश खेलाडीहरू शीर्ष डिभिजन लिगमा व्यस्त थिए, र व्यस्त तालिकाका कारण उनीहरूले टोलीको रूपमा प्रशिक्षणमा आफ्नो धेरै समय बिताउन सकेनन्।

माल्दिभ्सका प्रशिक्षक अहमद शैकर भारतीय टिम बलियो भएको बताए। उनले भने, ‘म व्यक्तिगत रूपमा भारतलाई राम्रो टिम ठान्छु किनभने उनीहरू करिब २–३ वर्षदेखि सँगै छन्। हामीसँग राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा छनोट भएका तीन खेलाडी छन्। म प्रतियोगिताको लागि धेरै उत्सुक छु।’

साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो। एएफसीले एएफसी यू–२० च्याम्पियनसिप आयोजना गर्ने भएपछि साफले पनि साफ यू–२० च्याम्पियनसिप आयोजन गर्न लागेको हो।  नेपालले दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।

स्राेात ः सेतापाटी

साफ यू–२० च्याम्पियनसिप  : माल्दिभ्ससँग भिड्दै नेपाल

सोमबार नेपाली बजारमा सुनको मूल्य घट्याे

साफ यू–२० च्याम्पियनसिप  : माल्दिभ्ससँग भिड्दै नेपाल

कसैकाे दबाबम हाेइन संविधान अनुकुल नै नागरिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *