(काईनेटिक ढुङ्गा)सहित बस्नेत पक्राउ

सुर्खेत, ९ साउन  ।

सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित आइतबार एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेत रहेको छ ।

अवैध काईनेटिक ढुङ्गाको कारोबार भईरहेको पाएपछि प्रहरीले बस्नेतलाई पक्राउ गर्न घरमै पुगेको थियो । बस्नेतले घरको कोठा भित्र प्लाष्टिकको थैलोहरुमा लुकाई छिपाई राखेको कालो, सेतो रंगको अवैध उत्खनन् गरि ल्याएको खनिज पदार्थ (काईनेटिक ढूङ्गा) बरामद गरेको छ ।

उक्त खनिज पदार्थ नापतौल गर्दा १६ क्विन्टल ९१ किलो सात सय ग्राम रहेको छ । बस्नेतलाई आवश्यक कारबाहीका लागि खानि तथा भुर्गभ कार्यालय सुर्खेतमा बुझाईएको प्रहरीकाे भनाइ रहेकाे छ ।

स्राेत ः गाेरखापत्र

(काईनेटिक ढुङ्गा)सहित बस्नेत पक्राउ

रामघाटमा सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटन

(काईनेटिक ढुङ्गा)सहित बस्नेत पक्राउ

हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन्

Leave a comment

Your email address will not be published. Required fields are marked *