हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन्

हुम्ला,९  साउन  ।

कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ । सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन् । सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताए ।

उनका अनुसार यी पुल चार÷पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन् । काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गरे । समयमै पुल निर्माण नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

हेक्पा खोला र ताग्रुु खोलामा पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सपना धुलिखेल निर्माण कम्पनीका स्थानीय प्रतिनिधि तेजबहादुर महतले पहिलो वर्ष निर्माण सामग्री व्यवस्थापन गर्न, दोस्रो र तेस्रो वर्ष कोरोनाका कारण काम गर्न नसकिएको दाबी गरे । उनले हाल काम निरन्तर भइरहेको पनि बताए  ।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले हालसम्म सम्पन्न हुनुुपर्ने पुलहरूको निर्माण समयमै नभएको स्वीकार गरे  । उनले यी पुल निर्माण गर्न आर्थिक वर्ष ०७५÷७६ मा सम्झौता भए पनि हालसम्म पूरा हुन नसकेको बताए । आयोजनाले पाँच वर्षको अवधिमा हेक्पा र ताग्रु खोलाको पुलको ३५÷४० प्रतिशत र सल्ली खोलाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

त्यसैगरी याङ्गार खोलाको पुलका लागि निर्माण सामग्री निर्माण स्थलमा पुगेको भए पनि काम भने सुरु भएको छैन । यी पुलको निर्माण कार्य ढिलो हुनुमा बहुवर्षीय योजना भएकाले पनि बताइएको छ ।

त्यसैगरी आयोजनाको दक्षिणी क्षेत्रतर्फ पर्ने खार्पुनाथको खार्पुको पुुल निर्माण गर्न निर्माण कम्पनी छनोट भएर सम्झौता भएको भए पनि काम भने सुरु हुन सकेको छैन । काम चाँडो सम्पन्न गर्न आयोजनाले बर्सेनि ताकेता गरे पनि त्यसको खासै प्रभाव भने नपरेको स्थानीय बासिन्दाले बताएका छन् ।

हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन्

(काईनेटिक ढुङ्गा)सहित बस्नेत पक्राउ

हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन्

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *