रामघाटमा सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटन

दिलिप ढकाल
सुर्खेत ८ साउन ।
भेरिगंगा नगरपालिका वडा नम्बर ११ रामघाटमा एक कार्यक्रमका बीच सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटनमा गरिएको छ। कृषि क्षेत्र बिकास कार्यक्रम तथा भेरिगंगा नगरपालिका को आर्थिक सहयोगमा सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटनमा गरिएको हो।

भेरिगंगा नगरपालिका का नगरप्रमुख यज्ञ प्रसाद ढकालले रिबन काटेर सामुदायिक कृषि प्रसार सेवा केन्द्रको उद्घाटन गरेका भएको थिए । कृषि प्रसार सेवा केन्द्रको उद्घाटन समारोहमा नगर प्रमुख यज्ञ प्रसाद ढकाल,नगर उप प्रमुख धनसरा बोहोरा, बरिस्ठ्ठ कृषि बिकास अधिकृत सालिकराम पौडेल ,सामुदायिक कृषि प्रसार सेवा केन्द्र रामघाटका कृषि अधिकृत डिल्ली रमण गिर लगाएतकाे ,सहभागिता थियाे ।

सेवा केन्द्रमा कार्यरत मदनलाल कार्की,वडा नम्बर ११ का वडा अध्यक्ष जय बहादुर नेपाली,वडा नम्बर १३ का वडा अध्यक्ष गणेश भण्डारी रामघाट आशपासका कृषि सहकारीका प्रतिनिधि,स्थानिय स्थरमा गाई भैसी तथा बाख्रा पालन गरेका फम संचालक लगाएत स्थानीयको उपस्थित रहेको सामुदायिक कृषि प्रसार सेवा केन्द्र रामघाट का नायब पशु स्वास्थ्य प्राबिधिक टेक नारायण गिरीले जानकारी दिए ।






