कर्णाली प्रदेशमा १६ प्रतिशत विद्युत चुहावट

पुनम वि सी
सुर्खेत ८ साउन ।
अार्थिक वर्ष २०७८÷०७९ मा कर्णालीमा ६ करोड युनिट विद्युत आपुर्ती भयो । आ.व. २०७८÷०७९ को वैशाख मसान्तसम्ममा कर्णालीमा आपुती{ भएको विद्युत मध्य १६.८० प्र तिशत विद्यु त चु हावट भएको छ । नेपाल विद्युत प्राधिकरणले कर्णालीमा लागि वैशाख २०७९ सम्ममा कर्णालीमा कुल ६ करोड ७० लाख २१ हजार ६ सय ५६ युनिट आपुर्ती गरेको थियो ।
जसमध्य पाँच करोड ५७ लाख ६१ हजार पाँच सय ९३ युनिट विजुली खपत भएको नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ । बाँकी एक करोड १२ लाख ६० हजार ६३ युनिट विजुली चुहावट भएको हो । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतफ{को संचित चुहावटको तुलनामा यस वर्ष कर्णालीमा विद्युत चुहावटमा झिनो सुधार मात्र देख्न सकिन्छ ।
![]()
प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतफ{को हुन्छ । गत २०७८ वैशाख सम्म कर्णालीमा १६ दशमलव ८१ प्रतिशत विद्युत चुहावट थियो । हाल २०७९ वैशाखसम्ममा १६ दशमलव ८० प्रतिशत विद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ । अन्य प्रदेशको तुलनामा आपुति{को तुलनामा कणा{लीमा सबैभन्दा धेरै विद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखाका अनुसार प्रदेश १ मा ११.५०, मधेश प्रदेशमा १३.६७, हेटौडा डिभिजनमा ५.७५, बागमतीमा ७.३६, गण्डकीमा ८.३५, लुम्बिनीमा ११.९९, नेपालगञ्ज डिभिजनमा १०, सुदुरपश्चिम प्रदेशमा १०.६६ प्रतिशत विद्युत चुहावट भएको देखिन्छ । नेपालभर कुल १०.४१ प्रतिशत विद्युत चुहावट छ ।
२०७९ वैशाखमा मात्र कर्णालीमा कुल २० दशमलव ७५ प्रतिशत विद्युत चुहावट भएको देखिन्छ । कर्णालीमा आपुर्ती भएको विद्युत पाँच स्थानबाट वितरण भईरहेको छ । रुकुम पश्चिम, सुर्खेत, जाजरकोट, दैलेख र सल्यान गरी पाँच स्थानबाट कर्णालीमा प्रदेश गने{ विद्युत वितरण हुने गर्छ । जसमध्य रुकुम पश्चिम क्षेत्रमा सबैभन्दा बढी विद्युत चुहावट भएको देखिन्छ ।
२०७९ बैशाख सम्ममा रुकुम पश्चिममा आपुर्ति भएको मध्ये २० दशमलव ०३ प्रतिशत विद्युत चुहावट छ । यसैगरी सुर्खेतमा १७.९१, जाजरकोटमा १४.९७, दैलेखमा १२.६७ र सल्यानमा १०.२८ प्रतिशत विद्युत चुहावट हुने गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत २०७८ वैशाखसम्ममा रुकुम पश्चिममा २९.३१, सुर्खेतमा १६.६३, जाजरकोटमा १२.५३, दैलेखमा १४.८९ र सल्यानमा १३.३३ प्रतिशत विद्युत चुहावट थियो ।
कर्णालीमा अहिले एक सय ३२ केभिए विद्युत प्रसारण लाइनको काम भईरहेको छ । हाल ३२ केभिए प्रसारण लाइन मार्फतको विद्युत कर्णालीमा खपत भईरहेको हो । यस अवस्थामा कोहलपुर देखि कालिकोट सम्म विद्युत पुग्दा विद्युत चुहावट हुदै जाने नेपाल विद्युत प्राधिकरणका कर्णालीमा प्रदेश प्रमुख शम्भुकुसियत यादव बताउछन् ।
उनले भने, ।।।१६ प्रतिशत विद्युत चुहावटलाई विद्युत चोरीका रुपमा बुझ्न मिल्दैन । प्रसारणका क्रममा टाढा सम्म पुग्दा विद्युतमा चुहावट आउने हुन्छ । त्यो सबै जोडिएर आएको तथ्यांक हो । त्यसमा विद्युत चोरी पनि समावेश भएको होला ।’ कोहलपुरबाट आएको विद्युतले कणा{लीमा चार सय किलोमिटर दुरी तय गर्नेगरेको गरेको उनि बताउछन् । यस क्रममा यसका विद्युत संरचनाका कारण विद्युत क्षमता चुहावट हुँदै जाने यादवले जानकारी दिए ।
प्रसारण लाइनमा ८ मेगावाट
नौमुले गाउँपालिका स्थित द्वारीखोला साना जलविद्युत आयोजना र पदमखोला साना जलविद्युत आयोजना बाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोडिएका छन् । द्वारीखोलाबाट ३ दशमलव ७५ मेगावाट र पदमखोला बाट ४ दशमलव ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसैगरी विद्युत विकास विभागको तथ्यांक अनुसार कर्णालीमा चार हजार दुई सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना सञ्चालन प्रक्रियामै छन् ।
९ सय मगावाटको माथिल्लो कर्णाली जल विद्युत आयोजना निर्माणकै चरणमा छ । भारतीय निर्माण कम्पनी जिएमआरले जिम्मा लिएको यो आयोजना पटकपटक म्याद थप गर्दा पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन । माथिल्लो कर्णाली जल विद्यु त आयोजना कर्णालीको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।
४८ मेगावाट क्षमताको भेरी–बबई डाइभर्सनको काम भने तीव्र गतिमा भइरहेको छ । भेरीको पानी सुरुङ मार्फत सुर्खेतको मेहेलकुनाबाट बबईमा झारेर ४८ मेगावाट विद्युत निकाल्नुका साथै बाँके र बर्दियाका ६० हेक्टरभन्दा बढी भूभाग सिँचाइ गर्ने लक्ष्य यो आयोजनाको रहेको छ ।
यस्तै बेतन– कर्णाली (६८८ मेगावाट), फुकोट कर्णाली (४२६ मेगावाट), तिला–१ (३०० मेगावाट), तिला–२ (२ ९७ मेगावाट), नलगाड (४१० मेगावाट), जगदुल्ला (३०७ मेगावाट), भेरी–१ (६१७ मेगावाट), भेरी–४ (३०० मेगावाट) पनि सर्वेक्षण र निर्माणको तयारीमा रहेका छन् । विद्युत विकास विभागको तथ्यांक अनुसार कर्णाली प्रदेशमा १७ हजार सात सय ९९ मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता छ ।






