पाल्पामा बस दुर्घटना

पाल्पा ८ साउन ।

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो।

घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ भने अन्य विवरण आउन बाँकी छ। बस सडकबाट डेढ सय मिटर तल खसेको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने छ ।

पाल्पामा बस दुर्घटना

गुराँस गाउँपालिकाका करार कर्मचारीहरु आजपनि धर्नामा

पाल्पामा बस दुर्घटना

कर्णाली प्रदेशमा १६ प्रतिशत विद्युत चुहावट

Leave a comment

Your email address will not be published. Required fields are marked *