नदीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौं, ११ असार ।
कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन् ।

त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोत : सेतोपाटी






