सुर्खेतमा ‘नो एमसीसी’ लेखिएको बम डिस्पोज

वीरेन्द्रनगर, १३ फागुन ।
सुर्खेत वीरेन्द्रनगर–८ बुलबुले उद्यान जाने गेट नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको कालिबक्स गणको प्राविधिक टोलीले बम निस्किय गरेको हो ।
प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको थियो भने विष्फोट गराउने तार पनि राखिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डिएसपी रामप्रसाद घर्तीले बम जस्तो वस्तु फेला परेको बताए ।
‘वीरेन्द्रनगर–८ स्थित रत्न राजमार्गको छेउमा रहेको सार्वजनिक शौचालय नजिकै प्रेसर नो एमसीसी लेखिएको प्रेसर कुकर फेला परेको छ,’ उनले भने, ‘नेपाली सेनासँग समन्वय गरेर डिस्पोज गरिएकाे छ।’







