सुर्खेत २ को प्रदेश सभा (क) मा एमालेका कंडेल विजयी

सुर्खेत,८ मंसिर ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का यामलाल कंडेल विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न मत परिणाम अनुसार एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कंडेलले नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतान्तरले हराउँदै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
कंडेलले १८ हजार ५६१ मत प्राप्त गरेर विजयी हुँदा काङ्ग्रेसका शाक्यले १८ हजार चार सय मत प्राप्त गरेका थिए । प्रदेश सभा सदस्यमा उनको दोस्रो पटक जित हो । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।






