सल्यानबाट प्रतिनिधि सभा सदस्यमा ज्वाला विजयी

सल्यान,७ मंसिर ।

सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् । ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनले ३५ हजार ७ सय प्राप्त गरेका छन् । जम्मा मत ८३ हजार ६ सय ७४ मध्य ७ हजार ३ सय ६९ मत बदर भएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरेका छन् ।

सल्यानबाट प्रतिनिधि सभा सदस्यमा ज्वाला विजयी

जुम्लाबाट प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *