गुर्भाकोटमा १५ दिने मिनी टिलर मर्मत तालिम

दिलिप ढकाल
गुर्भाकोट, १० चैत्र ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा १५ दिने मिनी टिलर मर्मत तालिम सुरु भएको छ । गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा लक्ष्मी एग्रीकल्चर सप्लायर्सले उक्त तालिम सञ्चालन गरेको हो ।
गुर्भाकोट नगरपालिकाको उप–प्रमुख उद्यमशीलता कायक्रम अन्तर्गत उक्त सिपमुलक तालिम लक्ष्मी एग्रीकल्चर सप्लायर्सले सञ्चालन गरेको हो । लक्ष्मी एग्रीकल्चर सप्लायर्स कृषि यन्त्र उपकरण बिक्री वितरण गर्ने गुर्भाकोटको एक फर्म हो ।
नयाँ कृषि यन्त्र उपकरण जस्तै मिनी टिलर, कम्बाइन्ड मिल, घाँस काट्न विद्युतीय मेसिन, हाते मेसिने, मर्मत तथा बिक्री गरिने लक्ष्मी एग्रीकल्चर सप्लायर्सका म्यानेजर समिर रेग्मीले जानकारी दिनुभयो ।
मिनी टिलर मर्मत तालिम १६ दिनसम्म सञ्चालन हुनेछ । मिनीटिलर मेकानिकल उत्पादन गर्ने उक्त तालिम को मुख्य उद्देश्य रहेको लक्ष्मी एग्रीकल्चर सप्लायर्सका म्यानेजर समिर रेग्मी ले जानकारी दिनुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथि गुर्भाकोट नगरपालिका का उप–प्रमुख मैना बिक हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता गुर्भाकोट नगरपालिका ८ का वडा अध्यक्ष चित्र बहादुर रेग्मीले गर्नुभएको थियो ।








