मुख्यमन्त्रीको सामाजिक सल्लाहकारमा ढकाल नियूक्त

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीको सामाजिक सल्लाहकारमा डा. नरेश विक्रम ढकालल नियूक्त भएका छन् ।
बुधबार बसेको कर्णालीमन्त्रीपरिषद्को बैठकले गुर्भाकोट नगरपालिकाका ढकाललाई सामाजिक सल्लाहकारमा नियूक्त गर्ने निणर्य गरेको हो ।
यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट पेश भएको प्रशाकिय कार्यविधि निरन्तरता दिन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक कणर्ाली प्रदेश सभामा पेश गर्ने निणर्यसमेत गरेको छ ।बैठकले आर्थिक मामीला तथा योजना मन्त्रालयले पेश गरेको बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा स्वीकृती प्रदान गरेको छ ।
विहीवार सार्वजनिक भएको मन्त्रीपरिषद्का निणर्यमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयद्वारा पेश गरेको विपन्न घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि-२०७० ले समेत स्वीकृती पाएको छ ।
मन्त्रीपरिषद्का निर्णयहरू







