लागुऔषध चरेससहित तीन जना पक्राउ

नेपालगन्ज । लागुऔषध चरेससहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्ता-४, सुर्खेतका ४० वर्षिया वीरेन्द हमाल, वर्ष ३८ की दिपा बुढा र शिवालय जाजरकोट की २३ वर्षिया खिमा खत्रीलाई प्रहरीले बाँकेको जमुनाहबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट करिव तीन किलोग्राम चरेससमेत बरामद गरेको छ । प्रहरी नायव निरीक्षक (सइ) मिन बहादुर विष्ट र लागुऔषध नियन्त्रण व्यूरोको टोलीले शंकास्पद तीनै जनालाई चेकजाँच गर्दा दुई महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको लागुऔषद चरेस फेला पारेको हो ।
पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भई रहेको सइ विष्टले जानकारी दिए ।






