श्रीमतीको स्कुटर चेक गर्दा जवानको सरुवा

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरीक्षक ईश्वरदेव गिरीकी श्रीमती कल्पना रुपैडिहाबाट घरायसी सामान ल्याउँदै थिइन् । नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत प्रहरी जवानले उनी सवार स्कुटर चेकजाँच गर्दै स्कुटरको डिक्की खोल्न अनुरोध गरे ।
आफू प्रहरी जवानसमेत रहेकी उनले श्रीमान्को धाक लगाउँदै आफ्नो पदीय जिम्मेवारी गोप्य राखिन् र भनिन्, ‘मलाई चेक गर्ने । म प्रहरी निरीक्षकको श्रीमती हुँ ।’
उनी जिल्ला प्रहरी कार्यालय बाँके मातहतको बागेश्वरी मन्दिरस्थित प्रहरी पोष्टमा कार्यरत छिन् ।

उनी प्रहरी जवान हुन् । आफू प्रहरी जवान हुँदा पनि उनले जवान साथीलाई प्रहरी निरीक्षकको धाक देखाइन् । त्यसपछि जवानले उनलाई छाडी दिए । आफ्नो कुशल कर्म गरिरहेका जवानले प्रहरी निरीक्षककी श्रीमतीलाई चेकजाँच गरेकै कारण सरुवा खेप्नु पर्‍यो ।
माघ १९ गते सीमावर्ती भारतीय बजार रुपैडिहाबाट घरायासी सामान लिएर प्रहरी निरीक्षककी श्रीमती कल्पना नेपालगन्जतर्फ आउँदै थिइन् । सोही क्रममा नेपालगन्ज भन्सार कार्यालय अगाडि ड्युटीमा खटिएका प्रहरी जवान कमल केसीले उनलाई रोकेका थिए । घरायासी सामान ल्याएर आउँदै गरेकी कल्पनालाई रोकेर उनले सामान चेकजाँच गर्नुका साथै स्कुटरको डिस्की खोल्न आग्रह गरेका थिए ।
सोहीका क्रममा उनले आफू जिल्ला प्रहरी कार्यालय बाँकेका प्रशासन प्रमुख प्रहरी निरीक्षक ईश्वरदेव गिरीकी श्रीमती रहेको बताएकी थिइन् ।

‘मैले अन्य मानिसहरुलाई जस्तै उहाँलाई पनि चेकजाँच गरेको हो,’ प्रहरी जवान केसीले भने, ‘उहाँले पछि मात्रै आफू प्रहरी निरीक्षक सरको श्रीमती भएको बताउनुभयो ।’ ड्युटीका क्रममा प्रहरी निरीक्षकको श्रीमतीसँग त्यस्तो अन्य केही कुरा नभएको उनी बताउँछन् ।
‘अन्य दिनमा जस्तै त्यो दिन पनि मैले संगठनले दिएको ड्युटी निभाएको हुँ,’ प्रहरी जवान केसीले भने, ‘उहाँले घरमा पुगेर सरलाई (प्रहरी निरीक्षक) लाई के कुरा भन्नुभयो मलाई थाहा भएन । भोलिपल्ट मेरो आफ्नै दरबन्दी भएको स्थानमा जानुपर्ने भनियो ।’
माघ १९ गते प्रहरी जवान केसीलाई प्रहरी निरीक्षककै जोडबलमा सीमा प्रहरी चौकी सुइयाँ नरैनापुरमा पठाइएको थियो । बाँके प्रहरी स्रोतका अनुसार प्रहरी जवान केसीलाई प्रहरी निरीक्षक गिरीको श्रीमतीको स्कुटर चेकजाँच गरेको भन्दै भन्सार गएको एक महिना नहुँदै सरुवा गरिएको छ ।

‘प्रहरी निरीक्षकको श्रीमतीलाई स्कुटरको डिक्की खोल्न लगायो भनेर रीस उठ्योहोला,’ ती प्रहरीले भने, ‘उहाँले साँझ घरमा आएर नभएका कुरा लगाइदिनुभयो । विचरा सिपाहीका कुरा हाकिमसाबहरुले सुन्ने कुरा भएन ।
२४ घण्टा नहुँदै सरुवा भयो ।’ प्रहरी निरीक्षक गिरीकी श्रीमती कल्पनाले चेकजाँचका क्रममा समेत श्रीमान्को धाक लगाएर ठूलै कुरा गरेकी थिइन् । कल्पनाले आफूलाई चेकजाँच गरेको रीसमा जिल्लाको सरुवामा भूमिका खेल्ने प्रशासन शाखाका प्रमुख रहेका श्रीमान् इश्वरलाई हुँदै नभएका कुरा लगाइदिएकी थिइन् । प्रहरी निरीक्षक ईश्वर गिरीले भने उल्टै चेकजाँच गर्ने प्रहरी जवानलाई गम्भीर आरोप लगाए ।
‘छिमेकीसहित घरयासी सामान ल्याउन श्रीमती रुपैडिहा गएकी रहेका रहेछन्,’ उनले भने, ‘चेकजाँचको क्रममा श्रीमतीले सामान ओसार्ने श्रीमान्ले फोन गर्ने क्या मजा छ है भनेछन् । घर आएर श्रीमतीले भनेपछि मैले कार्यालय बोलाएर सोेधेको हुँ ।’
कारबाही गर्नुपर्नेमा सरुवा मात्र गरिएको प्रहरी निरीक्षक ईश्वरले दाबी गरे । ‘त्यो हुँदै नभएको आरोप लगाउनेलाई कारबाही गर्नुपर्ने थियो,’ उनले भने, ‘तर कारबाही नगरेर सरुवा मात्र गरिएको छ ।’ यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले नियमित सरुवा गरिएको बताए ।
‘कसैलाई चेकजाँच गरेको भन्दै प्रहरी जवानको सरुवा गर्ने कुरा आउँदैन,’ उनले भने, ‘नियमित सरुवाअनुसार नै सरुवा गरिएको हो । त्यसमा त्यस्तो केही छैन ।’ (मिसन दैनिक)

श्रीमतीको स्कुटर चेक गर्दा जवानको सरुवा

एमसीसीमा मिल्ने सम्भावना छैन बरू सडक आन्दोलन

श्रीमतीको स्कुटर चेक गर्दा जवानको सरुवा

सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल र

Leave a comment

Your email address will not be published. Required fields are marked *