भोकालाई भोजन : सहयोगी हात र साथको खाँचो

पुनम वि.सी.
सुर्खेत, ७ भदौं ।
कहिले आन्दोलन, कहिले ¥याली त कहिले अनेकन औपचारिक कार्यक्रमहरुको शुरुवात हुने वीरेन्द्रनगरको पहिलो र प्रमुख स्थान हो मंगलगढी चोक । अहिले त्यहि मंगलगढीचोकमा हरेक सोमबार विहान एक हुल युवाहरु जम्मा हुन्छन र असिन पसिन हुँदै आ आप्mनो जिम्मेवारी अनुसारको काममा जुट्छन ।

न त उनीहरु कसैको विरोध या समर्थनमा टायर बाल्न एकत्रित भएका हुन् न त कसैका पक्ष विपक्षमा जिन्दावाद मूर्दावाद भन्दै नारा लगाउन नै । उनीहरुको केवल एउटै उद्देश्यले हुन्छ, भोकाएका पेटका लागि भोजन गराउने ।

अहिले लगातार दोश्रो पटक भयो त्यहि युवाहरुको जमातले मंगलगढीमा आफै सरजाम गरेर, आफै भान्सा चुलो गरेर आपैmले तयार पारेको खाना वरपरबाट आउने असहाय र भोकाहरुलाई अघाञ्जेल खुवाउँछन् ।

साउनको अन्तिम अनि भदौ महिनाको दोश्रो सोमबार विहान वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा निःशुल्क खाना बाँडियो । राष्ट्रिय सेवा समितिका सदस्यहरुले सोमबार मात्र ५४ जनालाई निःशुल्क खाना खुवाए ।

खासगरी असहाय तथा विपन्न वर्ग लक्षित सो कार्यक्रममा स्वयंम्सेवीहरुले व्यक्तिगत सहयोग संकलन गरेरै खाना तयार गरेका हुन । प्रत्येक सोमबार निःशुल्क खाना खुवाउने उद्देश्यले सोमबार सञ्चालित यो कार्यक्रम दोस्रो कार्यक्रम हो ।

यसअघि अघिल्लो ७५ जनालाई खाना खुवाइएको थियो । जहाँ साना बालबालिकादेखि वयोवृद्ध अनि अशक्त असहायले पेटभरी खाना खाए र ती युवाहरुलाई मनभरीको आर्शीवाद दिंए । भोकालाई भोजन गराउने अभियानको नेतृत्व गर्दैछन्, वीरेन्द्रनगर ३ का युवा नवराज बोहोरा । ‘मानव सेवाका लागि हामीले निःशुल्क खाना कार्यक्रम राखेका हौँ । उनले भने, यहाँ हामी आफैले समान ल्याउँछौ, आफै खाना तयार गर्छौ ।’

वीरेन्द्रनगरमा रहेका छाडा चौपाया, खासगरी गाईको सुरक्षाका लागि दिनरात नभनी सक्रिय रहेका छने उनै नवराज । सडकमा अलपत्र छाडिएका गाईवस्तु चौपायाका विषयमा सबैका ध्यान बढाउन निःशुल्क खाना कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।

अभियानका समयमा प्रत्येक सोमबार युवाहरुको साप्ताहिक वैठक बस्छ । बैठकमा अर्को हप्ताका लागि तयारी गरिन्छ । ‘खाना खुवाईसकेपछि हामी छलफलमा बस्छौ । जसमा जो पनि समावेश हुन सक्छन् । र, अर्को हप्ताका लागि कसले के सहयोग गर्ने भन्ने वारेमा छलफल गर्छौ’, उनले भने ।

निःशुल्क खाना वितरण कार्यक्रमका लागि हालसम्म वीरेन्द्रनगरका युवाहरु दीपक खड्का, गोविन्दप्रताप मल्ल, दिनेश डाङ्गी, नेल्शन गुरुङ्गलगायतका युवाहरुले अभियानमा सघाउ पु¥याईरहेका छन् ।


५० रुपैयाँमा खाना खुवाउने योजना
सधैंभरी एउटासंग मागेर अर्कोलाई खुवाउन सम्भव छैन भनेर ती युवाहरुले सबैले राम्रैसंग बुझेका छन् । त्यहि भएर आप्mनो अभियानमा अरुलाई आग्रह र आकर्षित गर्दै जोड्दै लैजाने उनीहरुको योजना हो । यसका लागि उनी खाना कार्यक्रमलाई निरन्तरता दिन चाहन्छन् ।

हाल भईरहेको निःशुल्क खाना कार्यक्रममा परिमार्जन गर्दै ५० रुपैयाँमा खाना दिइने उनको योजना छ । ‘सदैव निःशुल्क खाना खुवाउन सकिदैन होला । तर ५० रुपैयाँमा सातै दिन हामी खाना खुवाउन सक्छौ’, उनले भने ।

यसका लागि नवराजको समूह युवापुस्तालाई अभियानमा जोड्ने योजनामा देखिन्छ । सेवा भावले कम मूल्यमै खाना खुवाउने र सामाजिक सेवामा नागरिक संलग्नता बढाउने राष्ट्रिय सेवा समितिको योजना छ ।

किन निःशुल्क खाना ?
गौमाता गौमाता भन्दै कहिले घाइते र विरामी गाईको उपचारमा तल्लिन हुने त कहिले अन्य सामाजिक सवालका विषयमा सामाजिक सञ्जालमा कुरा उठाउँदै हिंडेने भएकाले कसैबाट बेरोजगार त कतैबाट ढोंगीको उपनाम पाएपनि नवराजको त्यहि सनकले अहिले भोकाहरुलाई भोजनको व्यवस्थापन हुँदै आएको छ ।

नवराजले कल्पना गरी शुरुवात गरेको यो अभियानमा हातेमालो गर्न आइपुगेका अन्य थुप्रै युवाहरु असहाय तथा विपन्न वर्गका नागरिकलाई खाना खुवाउने मात्र नभई अभियानलाई कानून सम्मत् सेवाको रुप दिन चाहन्छन् । ‘यस अघि तपाईंसँग जोडिएका अभियानकर्मीसँगको यात्रा किन अघि बढेन ?’ भन्ने युगआह्वानको प्रश्नमा उनले सक्रियताको विषयतर्फ केन्द्रित गरे ।

उनले भने, ‘बैठक र सामाजिक सञ्जालमा हामीले धेरै छलफल ग¥र्यौ । सडकमा दुर्घटना भएका गाई उद्धारमा जाँदा एक्लै हुनुप¥र्यो ।’ सुर्खेतका धेरै स्थानीय तहले हालको समयमा गौशाला निर्माण कार्य अघि बढाएका छन् । नवराजसँग यस अघि जोडिएका अभियन्ताहरु स्थानीय तहहरुसँगको सहकार्यमा गौशाला निर्माणमा संलग्न रहेको देख्न सकिन्छ ।

‘म पनि ती गौशाला व्यवस्थापन समितिमा छु । तर म त्यता भने सक्रिय छैन ।’ उनी भन्छन, ‘गौशाला निर्माणले मात्र छाडा पशुचौपायाको व्यवस्थापन तथा सुरक्षा हुँदैन ।’ यसैको फल स्वरुप उनी निःशुल्क खाना वितरण कार्यक्रममार्फत स्वयंसेवी हात र साथ खोजिरहेका छन् । ‘यसमा हाम्रो काम गर्ने शैली नि फरक छ ।

निःस्वार्थ रुपमा हामी काम गरिरहेका छौँ ।’ उनले भने, ‘यसै कार्यक्रममार्फत ‘राष्ट्रिय सेवा समिति’को गठन प्रयासपनि भइरहेको छ ।’ समाजसेवामा आउन चाहने निःस्वार्थ भावका व्यक्तिहरुको समूह लिएर केहि हप्तामै उनी ‘राष्ट्रिय सेवा समिति’ नामक सामाजिक संस्थाको स्थापना गर्नेे योजनामा छन् । जसबाट राष्ट्रिय जनावर, चिन्ह, पोशाकलगायतका सबै क्षेत्र संरक्षणका लागि काम हुन सकोस् । खासगरी राष्ट्रिय जनावरको क्षेत्रमा नै उनको संस्था क्रियाशिल रहने देखिन्छ ।

भोकालाई भोजन : सहयोगी हात र साथको खाँचो

नेकपा “एस” हुम्लाबाट संघमा रोकाया प्रदेशमा हमाल

Leave a comment

Your email address will not be published. Required fields are marked *