नेकपा “एस” हुम्लाबाट संघमा रोकाया प्रदेशमा हमाल र शाही सिफारिस

हुम्ला, ७ भदौं ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एकिकृत समाजवादी हुम्लाले सर्वसम्मत रुपमा उम्मेरदवार सिफारिस गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न जिल्ला कमिटि बैठकले एक निर्वाचन क्षेत्र भएको प्रतिनिधिसभा सदस्यको उम्मेरदवारका लागि पार्टी उपाध्यक्ष तिर्थराज रोकायालाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेशसभा (क) का लागि केन्द्रीय सदस्य हस्तबहादुर शाही र प्रदेशसभा (ख) का लागि जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य लोकबहादुर हमाललाई सिफारिस गरेको पार्टी सचिव कमलबहादुर छत्यालले जानकारी दिए ।

“पार्टीका जिल्ला अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले पार्टीका तर्फबाट आसन्न निर्वाचनका लागि उम्मेरदवारको निर्विरोध सिफारिस गर्ने काम भएको छ”, सचिव छत्यालले भने, “पार्टीको तर्फबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ पवित्रा देवकोटा र दलपति नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।” बैठकले समानुपातिक निर्वाचनतर्फ प्रदेश (क)का लागि शुसिला शाही, हरिलाल बुढा, प्रदेश निर्वाचन क्षेत्र (ख) का लागि प्रेमा लामालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा “एस” हुम्लाबाट संघमा रोकाया प्रदेशमा हमाल र शाही सिफारिस

जहरेमा बेवारिसे शब फेला

नेकपा “एस” हुम्लाबाट संघमा रोकाया प्रदेशमा हमाल र शाही सिफारिस

भोकालाई भोजन : सहयोगी हात र साथको

Leave a comment

Your email address will not be published. Required fields are marked *